विराटनगर । सामुदायिक विद्यालय व्यावस्थापन समिति महासंघ विराटनगर महानगरको प्रथम अधिवेशनले अध्यक्षमा पोखरिया स्कुल कृष्णप्रसाद गौतम सर्वसम्मतले चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा जनता स्कुलका मनोज विक्रम शाह सचिवमा जनपथ स्कुलका रोहित कोईराला र कोषध्यक्षमा बहिरा संघ स्कुलकी मिना जोशी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मोह्म्मद गुल्जार ,ईमाम हैदर, भोजराज शर्मा, भारती पोखरेल, हरिनारायण साह, गोविन्द प्रसाद पोखरेल, अमरलाल चौधरी र आर्या निरौला रहेका छन् ।

विराटनगरको पोखरिया स्कुलमा शनिबार सम्पन्न महानगरको प्रथम प्रशिक्षण तथा सम्मेलनको प्रमुख अतिथी विराटनगर महानगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुङ्गेल रहेका थिए । उनले प्रशिक्षण तथा सम्मेलनको उद्धघाटन गर्दै भने, विराटनगरका सामुदायिक विद्यालयको विकाससँगै विद्यार्थीहरु पढाईमा अब्बल बनाउन सबै विद्यालयका व्यावस्थापन अध्यक्षहरुलाई आग्रह गरे ।