गोसाँइकुण्डमा नुहाउने क्रममा विराटनगर र बेलबारीका दुईजना युवाको डुबेर मृत्यु

<span class='c1'>गोसाँइकुण्डमा नुहाउने क्रममा विराटनगर र</span> <span class='c2'>बेलबारीका दुईजना युवाको डुबेर मृत्यु</span>

विराटनगर । रसुवाको गोसाँईकुण्डमा नुहाउने क्रममा विराटनगर र बेलबारीका दुईजना युवाको डुबेर मृत्यु भएको छ । गोसाँईकुण्ड नुहाउने क्रममा विराटनगर–३ ढाटका सुजन ढकाल र बेलबारी–११ का मनोज न्यौपानेको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार उनीहरु आइतबार नुहाउने क्रममा डुबेका थिए । त्यसपछि प्रहरीले खोजतलासपछि सोमबार शव फेला पारेको हो । शाहीका अनुसार अहिले घटनास्थल वस्तुस्थिति मुचुल्का तयार पार्ने काम भईरहेको छ ।

त्यसपछि गोसाँईकुण्ड गाउँपालिका–५ मा बाट लासहरुलाई धुन्चे ल्याइनेछ । डिएसपी शाहीका अनुसार अहिले मृतकका परिवारसँग सम्पर्क गरेर लास बुझ्नका लागि बोलाइएको छ ।

मृतक ढकाल र न्यौपानेसहित १३ जना युवाहरु त्यहाँ पुगेका थिए । गोसाँईकुण्डमा नुहाउने क्रममा उनीहरु डुबेपछि बाँकी साथीहरु समेत त्यहिं रहेका छन् । घटना बारे थप अनुसन्धान प्रहरीले गर्ने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्