विराटनगरमा पूर्वप्रधानमन्त्रीको नाम निर्माण पार्क अन्तिम चरणमा

<span class='c1'>विराटनगरमा पूर्वप्रधानमन्त्रीको नाम निर्माण</span> <span class='c2'>पार्क अन्तिम चरणमा</span>

इन्दु कुमारी साह
विराटनगर । मोरङ जिल्लाबाट प्रधानमन्त्री बनेका सात जना दिवंगत नेताको स्मृतिमा विराटनगरमा प्रधानमन्त्री पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रि पार्क नाम राखिएको बहुवर्षीय योजना अन्तर्गत निर्माणकार्य भईरहेको हो ।

विराटनगर महानगरपालिकाका योजना महाशाखाका ईन्जिनियर सुजन श्रेष्ठका अनुसार पार्कको भौतिक निर्माण कार्य ८० प्रतिशत सकिएको छ । एक किलोमिटर दुरीमा फैलिएको पार्कलाई ३ भागमा विभाजन गरी संरचना निर्माण कार्य भईरहेको छ । निर्माण भइरहेका संरचनाहरूमा पार्किङ स्थल, प्रवेशद्वार, पिङ, बोटिङ, टिकट काउन्टर, शौचालय, पिकनिक स्पोर्ट,पावर हाउस लगायतका अन्य विभिन्न संरचनाहरू निर्माण भईरहेको छ । साथै निर्माण भएका संरचनाहरु अपाङगतामैत्री रहेका छन् ।

यो पार्क विराटनगर २ र ७ को सिमाना मा रहेको छ । मोरङ जिल्लाबाट प्रधानमन्त्री भएर दिवंंगत भएकाहरु सम्झनामा यो पार्क निर्माण गरिँदैछ । खुश्बु निर्माण सेवा कम्पनीले २०७९ सालमा यो योजना निर्माण सम्झौता गरेको थियो । १७ करोड लागतमा महानगरपालिकाले यो पार्क निर्माण गरेको हो ।

२०७९ सालमा सम्झौता भएको योजना २०८२ असोज ११ गतेसम्ममा सम्पन्न गरिसक्नु पर्नेछ । महानगरपालिकासंग निर्माण कम्पनिले ७० प्रतिशत आर्थिक भुक्तानी पाएको छ । महानगरपालिकाले विराटनगरमा आएका व्यक्तिहरुलाई घुम्न जाने स्थानको रुपमा यसलाई अगाडी बढाएको हो । महानगरापालिकाकै ठूलो योजनाको रुपमा यसलाई अगाडी बढाइएको छ । यो पर्यटकीय पूर्वाधारको रुपमा समेत हेरिएको छ ।
इन्जिनियर श्रेष्ठका अनुसार निर्माण कार्यको रफ्‌तार अनुसार समयमै योजना सम्पन्न हुने छ । विराटनगरमा बालबालिकाले खेल्नेस्थल देखि मनोरन्जन स्थल समेतको अभाव भएको अवस्थामा यो योजनालाई सकारात्मक रुपमा लिन सकिन्छ । खाली जमिनको सदपयोग गर्दै योयाजना थालिएको हो । योजना सम्पन्न हुन साथ वाह्यि पर्यटककोआकर्षण समेत बढ्ने सम्भावना रहेको छ ।

विराटनगरमा जन्मनु भएका सातजना दिवङगत पूर्वप्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला, नरेन्द्र प्रसाद रिजाल, मनमोहन अधिकारी, सुर्यबहादुर थापाको स्मारक एकै स्थानमा राखिने छ । स्मारकस्थल पूर्व प्रधानमन्त्रीहरुको व्यक्तिगत जानकारी विवरण समेत उल्लेख गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्