विराटनगरको हृदयेन्द्र बाल उद्यान : ठेकेदारका लागि पटक–पटक म्याद

<span class='c1'>विराटनगरको हृदयेन्द्र बाल उद्यान :</span> <span class='c2'>ठेकेदारका लागि पटक–पटक म्याद</span>

इन्दुकुमारी साह
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १ मा रहेको हृदयेन्द्र बाल उद्यानको पुनर्निर्माणको जिम्मेवारी पाएका ठेकेदारका लागि बारम्बार म्याद थप हुने गरेको छ । दुई वर्षअघि सुरु गरिएको संरचना निर्माण योजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन । महानगरको योजनाअनुसार आधुनिक शैलीमा बाल उद्यान निर्माण गरी मनोरञ्जनका सामग्रीहरू जडान गर्ने लक्ष्य राखिएको हो ।

विराटनगरमा एउटा पनि बाल उद्यान नभइरहेको बेला बालमैत्री अनुसन्धान केन्द्रकै रुपमा स्थापना गर्ने भनिएको भएपनि काम सुस्त देखिएको छ । हालसम्म ६५ प्रतिशत भौतिक प्रगति पुगेको बाल उद्यान सम्पन्न हुने म्याद असोजसम्मलाई थपिएको छ । तर, असोजमा समेत वर्षात् लगाएका कारण देखाएर अझै म्याद थप हुने अनुमान स्थानीयले गरेका छन् ।

महानगरका योजना महाशाखाका ईन्जिनियर अंकित भट्टराई निर्माणको मुख्य संरचना लगभग पूरा भइसकेको बताउँछन् । अहिले जीप लाइन, प्लास्टिकका झुला, स्विमिङ पुल, चेनजिङ रूम, क्यान्टिन जस्ता रेडिमेड सामग्रीहरू जडान गर्ने कार्य मात्र बाँकी रहेको उनी बताउँछन् ।
निर्माण कम्पनी एस.बि.डि.ले २०८० सालको साउन १ गते महानगरसँग १ करोड २० लाख ४३ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । कम्पनीले अहिलेसम्म ३९ लाख रुपँैया मात्रै भुक्तानी पाएको छ । भुक्तानी नभएका कारण पनि काममा ढिलासुस्ती भएको हुनसक्ने अनुमान गरिएपनि ठेकेदारले योजना होल्ड गरेर अर्को योजनाको काममा लाग्दा बाल उद्यान ओझेलमा परेको बताइएको छ ।

निर्माण सम्पन्न हुनका लागि तोकिएको समय २०८० चैत ३० गतेसम्म थियो । यसपछि बारम्बार म्याद थप हुँदै २०८२ असोजसम्मलाई पुगेको छ । वर्षौदेखि अलपत्र रहेको यस पार्कमा विराटनगरवासीको बाल्यकालको स्मृति गाँसिएको छ। यसले नयाँ स्वरूप पाउने आशामा स्थानीयवासी उत्साहित भए पनि पटक–पटकको ढिलाइले निराशा बढेको छ।

महानगरले पार्कलाई पुनर्जीवन दिने उद्देश्यले काम अघि बढाए पनि अझै पूर्णता दिन सकेको छैन। विराटनगरजस्तो व्यस्त सहरमा बालबालिकाका लागि खुला चौरको अभाव रहेको अवस्थामा, उक्त पार्कले उनीहरूलाई रमाइलो वातावरण दिने अपेक्षा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्