विराटनगर श्रावन १६ ,
विराटनगरको तीनपैनीस्थित कोशी हेल्थ इन्स्टिच्युटले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य प्राविधिक शिक्षामा दुई दशकभन्दा बढीको अनुभव रहेको संस्थाले देश तथा विदेशमा कार्यरत हजारौं दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ।
नेपाल सरकारअन्तर्गत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सम्बन्धन प्राप्त संस्थाले व्यावहारिक शिक्षामा जोड दिँदै पाँच वटा डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
संस्थाले हाल सञ्चालनमा ल्याएका कार्यक्रमहरूमा डिप्लोमा इन फिजियोथेरापी, मेडिकल ल्याब टेक्नोलोजी, जनरल मेडिसिन (HA), डिप्लोमा इन फार्मेसी र पीसीएल नर्सिङ रहेका छन्।
अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, आफ्नै सय सैयाको अस्पतालमै क्लिनिकल अभ्यास र दक्षता विकासमा केन्द्रित पाठ्यक्रममार्फत गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको संस्थाले जनाएको छ।
“हामी शिक्षालाई केवल सर्टिफिकेटमा सीमित नराखी, व्यवहारिक ज्ञान र आत्मविश्वास विकासमा जोड दिन्छौं,” इन्स्टिच्युटका प्रिन्सिपल विकास अधिकारीले बताए। कोर्सहरू व्यवहारिक र रोजगारीमुखी रहेको र पढेपछि केवल कागजी प्रमाणपत्र होइन, सीप, सेवा र आत्मनिर्भरता पनि विकास हुने कलेजको दाबि छ। देशभित्र मात्र होइन, विदेशमा पनि ठूलो अवसरहरू खुल्ने भएकाले यी कोर्सहरू भविष्य निर्माणका लागि एक ठोस आधार सावित हुदै आएका छन्।
भर्ना प्रक्रिया सञ्चालनमा रहेको र इच्छुक विद्यार्थीहरूले कलेजमा प्रत्यक्ष सम्पर्क गरी आवश्यक जानकारी लिन सक्ने जानकारी प्रशासनले दिएको छ।