विराटनगर–६ का वडा अध्यक्षले होटल चलाए, सातवर्षदेखिको भाडा तिरेनन्

<span class='c1'>विराटनगर–६ का वडा अध्यक्षले होटल</span> <span class='c2'>चलाए, सातवर्षदेखिको भाडा तिरेनन्</span>

विराटनगर । विराटनगर महानगरपालिकाका ६ नम्बर वडाका अध्यक्ष हरिचरण सहनी (अक्षत)ले होटल सञ्चालन गरेको आठवर्षदेखिको भाडा नदिएर घरधनीलाई दुःख दिएको आरोप छ ।

अक्षतले विराटनगर–६ मा २०७४ सालदेखि होटल डल्फिन सञ्चालनमा ल्याएका थिए । उनले होटल सञ्चालन गरेको घर विराटनगर–६ का विजय पदम मल्लको थियो । घर भाडामा लिए वापतको रकम नदिएको र घर खाली समेत नगरेको भन्दै मल्लले न्यायिक समितिमा मुद्दा समेत दर्ता गरेका थिए । वडा अध्यक्षलाई प्रतिवादी बनाएर दर्ता भएको मुद्दाको आदेश वादीको पक्षमा भएको थियो । आदेश अनुसार महानगरपालिकाको सहयोगमा घर खाली गरेपनि सम्झौता अनुसार भाडा वापतको रकम अझैसम्म नदिएको भन्दै मल्लले गुनासो गरेका छन् । विराटनगर महानगरपालिकाको न्यायिक समितिले २०८१ बैशाख ६ गते ‘भाडा दिलाई घर खाली गराई पाऊँ’ भन्ने मुद्दामा आदेश गरिसकेको छ । आदेशमा भनिएको छ, ‘फिराद दाबी बमोजिम प्रतिवादीले वादीको घर भाडामा लिएको स्वीकारोक्ति ईजलास समक्ष गरेको र लामो समयदेखि भाडा चुक्ता नगरेको समेत स्वीकारेको हुनाले वादीको घर खाली गराईदिनु ।’यद्यपी घर खाली गराउने भनेर गरिएको आदेश कार्यन्वयन भएपनि भाडा वापत पाउनुपर्ने रकम अहिलेसम्म घरधनीले नपाएको गुनासो छ । न्यायिक समितिले भाडामा वादी र प्रतिवादीको दावी नमिलेको भन्दै वादीलाई जिल्ला अदालत मोरङ जान सुझाव समेत आदेशमा दिइएको छ । घरधनी मल्लले न्यायिक समितिले गरेको आदेश पालना नगरेपछि घर खाली गराउन सहयोग लिएपनि भाडा वापतको रकमका लागि अर्को मुद्दा लड्नुपर्ने स्थिति सिर्जना भएको गुनासो मल्लको छ ।

 

वडा अध्यक्ष सहनीले आफैंले गरेको सम्झौता अनुसार २१ लाख ६ हजार घरधनी विराटनगर–६ का विजय पदम मल्ललाई दिनुपर्नेछ । विराटनगर महानगरपालिका वडा नम्बर ६ को अध्यक्ष हुनुभन्दा अगाडी २०७४ सालदेखि भाडामा घर लिएर डल्फिन होटल सञ्चालन गरेका थिए । बीचमा कोरोना लगायतको समस्याले होटल चलेन ।
भाडा नबुझाएपछि २०७७ सालमा पनि न्यायिक समितिमा घरधनीले मुद्दा हालेका थिए । तर, २०७७ माघ २ गते सञ्चालक र घरधनीबीच सहमति भयो । सहमति अनुसार अगाडीको कोठाबाट होटल पछाडी सार्ने र त्यसको मासिक ३० हजार बुझाउने सहमित भएको थियो । यो सहमति २०७७ चैत १७ गते न्यायिक समितिमा लगेर मुद्दा मिलापत्रमा गएको उल्लेख छ ।

 

मिलापत्र अनुसार बुझाउन बाँकी ६ लाख ६० हजारमध्ये एकलाख ६० हजार कोरोना कालको भाडा छुट गरिएको, दुईलाख नगद उपलब्ध गराएको र बाँकी तीनलाख रुपैँया दश महिनामा तिरिसक्ने उल्लेख गरिएको थियो । यसैगरी त्यसपछि घर प्रयोग गरे वापत महिनाको पहिलो हप्तासम्ममा घरभाडा वापतको ३० हजार र वहालकर वापतको ३ हजार बुझाउने शर्तनामा गरिएको थियो ।

 

तर, सहनीले भाडा बुझाएनन् । बुझाएनन् मात्रै हैन घरपनि खाली गरिदिएनन् । २०७९ सालमा उनी वडाअध्यक्षमा निर्वाचित भएपछि पनि उनले होटल डल्फिनका लागि लिएको घर त्यसै यथावत राखिरहे । त्यसपछि घरधनी मल्लले वारेसमार्फत २०८० मंसिर १८ गते उनी विरुद्ध अर्को मुद्दा न्यायिक समितिमा दर्ता गरेका थिए । महानगरपालिका कार्यपालिका सदस्य सहनीका विरुद्धको मुद्दामा न्यायिक समितिले २०८१ बैशाख २६ गते वादीको पक्षमा हुने गरी आदेश गरिदियो । यो आदेशपछि भने सहनीले चाबी लगाएको घर खाली गराइएको थियो ।घर खाली गरेपनि २०७७ माघ २ गतेको सम्झौता अनुसारको

भाडा र शर्तनामामा उल्लेख शर्त अनुसार घरधनीलाई भाडा बुझाएका छैनन् । अझै विभिन्न वहानामा दुःख दिदै आएको आरोप छ । यतिसम्मकी घरधनी विराटनगर–६ माछा लाइनको कर बुझाउन पटक–पटक धाइरहेका छन्, तर उनले पटक–पटक त्यसको पुर्ननापजाँच हुनुपर्ने भन्दै फर्काउने गरेको आरोप छ ।

घरधनीले २०७७ माघदेखि २०८० कार्तिकसम्मको ३४ महिनाको मासिक ३० हजारका दरले १० लाख २० हजार, २०७७ माघमा मेलमिलाप हुँदाताका बाँकी रहेको ३ लाख, यसैगरी हरेक महिनाको ७ गतेभित्र भाडा नबुझाएमा दैनिक ७०० रुपैँया हर्जना बुझाउन स्वीकार गरे अनुसार ९३० को ६ लाख ५१ हजार र वहाल करवापत प्रतिमहिना तीन हजारका दरले हुन आउने १ लाख ३५ हजार समेत गरी २१ लाख छ हजारको माग दावी गर्दै आएका छन् ।

वडा अध्यक्ष सहनीले भने घरधनीलाई बुझाउनुपर्ने केहि महिनाको भाडा बाँकी रहेको कुरा आफूलाई थाहा भएको बताए । तर, माग दावी अनुसारको रकम बुझाउन आफू तयार नरहेको बताए । उनले आफुले होटल स्थापना गर्दा लगानी गरेको संरचनागत खर्च, त्यहाँ भित्रका फर्निचर वापत हुने रकम सबै गुमाएको जिकीर गरेका छन् । उनले घरधनीले मुद्दा हाल्नु भन्दा अगाडी नै आफ्नो होटलमा तालाबन्दी गरेपछि भाडा बुझाउन जरुरी नठानेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्