१०८ वर्षे दीर्घजीवी कृतिराज गिरी : १०७ नातिनातिना, २७ पनातिपनातिनी–स्वस्थ जीवनशैलीका प्रेरणादायी

<span class='c1'>१०८ वर्षे दीर्घजीवी कृतिराज गिरी :</span> <span class='c2'>१०७ नातिनातिना, २७ पनातिपनातिनी–स्वस्थ जीवनशैलीका प्रेरणादायी</span>

इन्दु साह
विराटनगर । उमेरले सताब्दी पार गरिसक्नु भएका कृतिराज गिरी अहिले पनि स्वास्थ्य हुनुहुन्छ । जीवनशैलीको दृष्टिकोणले समाजका लागि प्रेरणाका स्रोत बन्नु भएका गिरीले सोमबार १०८ औं जन्मदिन मनाउनुभयो । वि.सं. १९७५ साल साउन १९ गते खोटाङमा जन्मिनु भएका गिरीको १०८ औं जन्मोत्सवमा परिवारजन तथा आफन्तको उपस्थितिमा विराटनगर–८ स्थित अष्टचिरञ्जीवीको मन्दिरमा आयोजना भएको थियो ।

हाल विराटनगर–५ पृथ्वीचोकमा स्थायी बसोबास गर्दै आउनु भएका गिरीका दुई श्रीमती हुनुहुन्थ्यो । श्रीमती माया गिरी र सावित्रा गिरीको पहिल्यै निधन भइसकेको छ । उनीहरुबाट ५ छोरी र ४ छोरा गरी कुल ९ सन्तानका बुबा हुनुहुहुन्थ्यो गिरी । अहिले गिरीका १०७ नातिनातिना, २७ पनातिनी तथा २ जनाति छन् । यस्तो विशाल वंश विस्तार भएको परिवारका कुलपिता गिरी एक जीवित इतिहासजस्तै बन्नु भएको छ । गिरीको जीवनशैली सामान्य, अनुशासित र स्वास्थ्यप्रद रहँदै आएको छ ।

३५ वर्षको उमेरदेखि नै माछा, मासु परित्याग गर्नु भएको थियो । विगतमा खेतीपातीमा व्यस्त रहने गिरी अहिले पनि बुढौलिबाहेक मानसिक र शाररीक रूपमा स्वस्थ हुनुहुन्छ । यद्यपि उमेरको प्रभावस्वरूप अहिले थोरै कम सुन्न र कम देख्ने समस्या छ । तर, कुनै दीर्घरोग नरहेको परिवारका सदस्यहरूले बताए । आजको समयमा जब साना उमेरमै मानिसहरू मधुमेह, उच्च रक्तचाप, मुटु रोगजस्ता दीर्घरोगको चपेटामा परिरहेका छन् । त्यस्तो अवस्थामा गिरीको दीर्घायु र निरोगी जीवनशैली समाजका लागि उदाहरणीय बनेको छ । उनका सन्तान तथा नातिनातिनाहरूले समेत उनीबाट अनुशासन, स्वास्थ्यप्रति सजगता परिवारप्रतिको समर्पण सिकेका छन् ।

सम्भवतः कृतिराज गिरी कोशि प्रदेशमै सबैभन्दा ज्येष्ठ व्यक्ति हुनुहुन्छ । कतिपय व्यक्तिले गिरीलाई तिर्थ सम्झन्छन् । उनलाई भेट्नासाथ व्यक्तिले गिरीबाट आशिर्वाद लिन्छन् । भेट्न पुग्नेसँग १० मिनेट सम्म कुराकानी गर्नुहुने उहाँको स्मरणशक्ति पनि उत्तिकै छ । हाल उहाँलाई हिडडुल गर्न लाठिको सहारासँगै अर्कोएकजना सहयोगी जरुरी पर्दछ ।

उहाँसँग कुरा गर्दा अझै पनि ठट्यौली र हँस्यौली गर्नुहुन्छ । जीवनयापन सधैं आस्तिक हुनुपर्ने उहाँको सुझाव छ । खानपीन र जीवनशैलीलाई ध्यान दिन उहाँले आजको पुस्तालाई सुझाव दिने गर्नुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्