विराटनगरमा कमेडी च्याम्पियनका रिषभ काफ्लेको स्ट्यान्डअप शो हुँदै

<span class='c1'>विराटनगरमा कमेडी च्याम्पियनका रिषभ</span> <span class='c2'>काफ्लेको स्ट्यान्डअप शो हुँदै</span>

विराटनगर, साउन २०।
नेपालका विभिन्न सहरमा गाईजात्रा विशेष कार्यक्रमका साथ हास्य यात्रा गर्दै आइरहेको आरबिके प्रोडक्शनले विराटनगरमा पनि भव्य कार्यक्रम गर्न लागेको छ।

कमेडी च्याम्पियन सिजन ३ का लोकप्रिय रनर-अप रिषभ काफ्लेले प्रस्तुत गर्ने स्ट्यान्डअप शो ‘झानेको पिज्जा’ यही साउन २८ गते, बुधवार विराटनगर–४, पिपलचोकस्थित ह्यापी आवर हेभन (HHH) मा हुने भएको हो।

कार्यक्रममा आयोजक तथा चर्चित नायिका रिमा विश्वकर्माको पनि विशेष उपस्थिति रहनेछ।

‘खल्ति इभेन्ट्स’ मार्फत आयोजना हुने यो कार्यक्रमका टिकट खल्ति एपमार्फत अनलाइन खरिद गर्न सकिनेछ।
विराटनगरमा स्ट्यान्डअप कमेडी कार्यक्रमहरू कमै आयोजना हुने भएकाले युवा पुस्ता र हास्यप्रेमी दर्शकको उल्लेख्य उपस्थिति रहने विश्वास आयोजकले व्यक्त गरेका छन्।

हास्य रसको स्वाद र सामाजिक व्यंग्यको मज्जा एकै साथ लिन चाहने दर्शकका लागि ‘झानेको पिज्जा’ कार्यक्रम निकै रमाइलो अनुभव हुने आयोजक पक्षको भनाइ छ। विराटनगरका हास्यप्रेमी युवा पुस्ताको अनुरोधलाई मध्यनजर गर्दै, कार्यक्रम विराटनगरमा पनि आयोजना गर्न लागिएको आयोजक टोलीले जानकारी गराएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्