मोरङमा बढ्दो स्वयंघात, घरदेखि विद्यालयसम्म सकारात्मक सन्देश दिनुपर्ने प्रहरीको भनाई

<span class='c1'>मोरङमा बढ्दो स्वयंघात, घरदेखि विद्यालयसम्म</span> <span class='c2'>सकारात्मक सन्देश दिनुपर्ने प्रहरीको भनाई</span>

इन्दु कुमारी साह
विराटनगर । मोरङ जिल्ला, कोशी प्रदेशमै आफूलाई आफैंमाथि घात गर्ने व्यक्तिको संख्या सबैभन्दा धेरै छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हरेक वर्ष तीन सयभन्दा बढी व्यक्तिले गलत तरिकाले मृत्युवरण गरिरहेका छन् । जुन आँकडा निकै गम्भीर र चिन्ताजनक रहेको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कोपिला चुडालको भनाई छ ।

चिन्ता अर्को पनि छ, गलत निर्णयबाट मृत्युवरण गर्नेमा बालबालिका, महिलाको संख्या बढ्दो छ । सबै भन्दा बढि झुन्डिएर, विष खाएर जीवन समाप्त गर्नेहरु रहेका छन् । यसबाहेक केहिले आगो लगाएर, हातहतियार औजार प्रयोग गरी, हाम फालेर लगायत माध्यम पनि रोज्नेहरु छन् । मोरङ डीएसपी चुडालका अनुसार हरेक महिना २० देखि २५ वटा यस्ता केसहरु प्रहरीमा दर्ता भइरहेका छन् ।

वार्षिक तथ्यांक हेर्दा आर्थिक वर्ष २०८१।८२ को जेठसम्ममा २८० वटा मुद्दा दर्ता छन् । यसै गरी २०८०।८१ मा ३१० वटा मुद्दा र २०७९।८० मा ३४८ मुद्दा दर्ता भएको थियो । प्रवक्ता चुडालले भनिन् विद्यालय, घरपरिवार, सामाजिक सञ्जाल, अस्पताल, र स्थानीय निकायहरूले न्यूनीकरणका लागि साकारात्मक पहल गर्न जरुरी छ ।

विभिन्न कारणमध्ये घरायसी कलह र पारिवारिक तनाव, प्रेम सम्बन्धमा विफलता, आर्थिक संकट, बेरोजगारी र ऋणको दबाब, सामाजिक दबाव, अनलाइन दुर्व्यवहार तथा साइबर बुलिङ, मानसिक रोग (डिप्रेशन, एन्जायटी) को चुपचाप पीडा, मदिरा वा लागुपदार्थको दुरुपयोग लगायत हुने गरेका छन् ।

निवारण के हुन सक्छ ?
चुडाल भन्छिन् रोकथाम सम्भव छ, यदि समयमै चिन्ह पहिचान गरी उचित कदम चालियो भने यसलाई रोक्न सकिन्छ । । जसका लागि निम्न उपायहरू प्रभावकारी बन्न सक्छन् ।
१. विद्यालयस्तरमा मानसिक स्वास्थ्य शिक्षा
विद्यार्थीहरूलाई तनाव व्यवस्थापन, आत्म–संवाद र समाधान खोज्ने सीप सिकाउने कार्यक्रमहरू सञ्चालन गर्नु । विद्यालयमा प्रशिक्षित मनोपरामर्शदाताको व्यवस्थापन गर्नु ।
२. समुदायस्तरमा जनचेतना अभियान
स्थानीय रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत सचेतना कार्यक्रम प्रसारण ।
३. पारिवारिक संवाद र समर्थन
घरभित्र खुलेर कुरा गर्ने वातावरण बनाउने ।
किशोरकिशोरी र वृद्ध व्यक्तिहरूसँग समय बिताउने, उनीहरूका भावना सुन्ने ।
४. हेल्पलाइन र आपतकालीन परामर्श सेवा
सरकार वा स्थानीय तहले २४ घण्टा खुल्ला मानसिक स्वास्थ्य हेल्पलाइन सेवा सञ्चालन गर्नु ।
परामर्श सेवामा गोपनीयता र सहज पहुँच सुनिश्चित गर्नु।
५. स्वास्थ्य संस्थामा मानसिक रोगको नियमित जाँच
प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मानसिक रोग पहिचान र उपचार सुविधा विस्तार गर्नु । मोरङ जिल्ला जसले शिक्षा, व्यापार र विकासका क्षेत्रमा प्रदेशभरि नेतृत्व गरेको छ । अब आत्महत्या न्यूनीकरणमा पनि उदाहरणीय बन्नु आवश्यक छ । यथाशीघ्र सरकारी र गैरसरकारी निकायबीच सहकार्य गरी मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइएन भने अझ धेरै अनमोल जीवन गुम्ने खतरा रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्