भारतबाट बालबालिका तथा असहाय व्यक्तिलाई विराटनगरमा माग्न ल्याउने चालक पक्राउ

<span class='c1'>भारतबाट बालबालिका तथा असहाय व्यक्तिलाई</span> <span class='c2'>विराटनगरमा माग्न ल्याउने चालक पक्राउ</span>

विराटनगर । भारतको जोगवनीबाट बालबालिका, महिला, वृद्धा तथा असहाय व्यक्तिहरूलाई म्याजिक भ्यानमा रिजर्भ गरी विराटनगरको विभिन्न बजार क्षेत्रमा दिनभर माग्न लगाउने कार्यमा संलग्न भएको आरोपमा एक चालकलाई नगर प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।


विगत लामो समयदेखी यस्तो कार्य गर्दै आएको भन्ने सुचनाको आधारमा शनिबार विराटनगर महानगरपालीकाका नगर प्रहरी निरीक्षक राजन पौडेलको नेतृत्वमा खटिएको टोलीले चालक सहित अन्य व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक राजन पौडेलका अनुसार विराटनगरको विभिन्न स्थानमा रहेका मन्दिर र बजार एरीयामा आम नागरिकहरुसँग जबरजस्ती माग्न लगाउने गरेको पाईएको छ । विराटनगरको बजार एरीयामा बालबालिकाहरुले जबरजस्ती बाटो छेकी छेकी पैसा माग्नेको दृष्य यत्रतत्र देख्न सकिन्छ । जसले गर्दा विराटनगरको बजार एरीयमा माग्नेहरुको गतिविधीले आम सर्वसाधरणहरु हैरान हुने गरेका छन् ।

विशेषगरी शनि मन्दिर ,दुर्गा कालिमन्दिर , महेन्द्रचौक तथा विराटनगरका भीडभाडयुक्त स्थानमा माग्न पठाउने र बेलुकी पुनः भारततर्फ फर्काइने गरेको खुलेको छ । हाल वडा प्रहरी कार्यालयको निन्त्रणमा रहेका छन् । चालक सहित अन्य व्यक्तिहरु माथी सोधपुक्ष भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम प्रवक्ता कोपिला चुडालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्