विराटनगर । जनै पूर्णिमाको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा समिति विराटनगरले ड्युटीमा खटिएका प्रहरीलाई रक्षा बन्धन बाँधेर विशेष शुभकामना व्यक्त गरेको छ ।
राजयोग सेवा समिति विराटनगरका सदस्य तथा स्वयमसेवकहरुले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित एक कार्यक्रमका विच कार्यलयमा कार्यररत प्रहरी कर्मचारीहरुलाई रक्षा सूत्र बाँधेका थिए । कार्यक्रममा समितिका प्रशिक्षकहरुले रक्षा बन्धनको आध्यात्मिक महत्व र यसले दिने सुरक्षा, सद्भाव र आत्मबलको सन्देशबारे जानकारी गराएका थिए ।

समितिका अनुसार देशको शान्ति, सुरक्षा र जनताको सुरक्षार्थ निरन्तर खटिने प्रहरीको सेवा र समर्पणलाई सम्मानस्वरूप रक्षा बन्धन कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले आध्यात्मिक र सांस्कृतिक सद्भावको कार्यक्रमले आफ्नो मनोबल थप उच्च बनाउने प्रतिक्रिया दिनुभयो । काम विशेष आफ्ना घर बाहिर डिउटीमा खटिएका प्रहरीले रक्षा बन्धन बाध्न पाउँदा खुशी व्यक्त गरे । रक्षा बन्धन कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा समितिका प्रशिक्षक, स्वयंसेवक प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
