इन्दु कुमारी साह
विराटनगर । विराटनगरमा रथयात्राको तयारी भब्य रुपमा भईरहेको छ । यसवर्ष कृष्ण जन्माष्टमी साउन ३१ गते रहेको छ । त्यसको भोलिपल्ट भदौ १ गते रथयात्रा निकालिन्छ । विराटनगर तीनपैनीबाट रोडशेष हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिरमा पु¥याउने गरिएको छ । राधाकृष्ण रथयात्रा निकालिदा विराटनगर महानगरपालिकालाई भने आफैंले रोपेर हुर्काएका बिरुवा संरक्षणको चिन्ता रहेको छ ।
महानगरले यसवर्ष पनि विरुवा संरक्षणको योजना बनाएरै लाग्ने भएको छ । प्रत्येकवर्ष रथयात्राको दिन महानगरका मुख्य सडकहरुमा लाखौँको संख्यामा भक्तजनको भिड लाग्दछ । दुई वर्षदेखि महानगरका सडक छेउमा विरुवा रोपेर हुकाइएको छ । रथयात्रा परिक्रमाको क्रममा मुख्य राजमार्गमा पर्ने रोडषेशदेखि बरगाछिसम्मको सडकखण्डमा रोपिएका विरुवाहरु समेत पदर्छ । उक्त विरुवाहरुको चिन्ता स्थानीयमा पनि छ ।
महानगरपालिकाले भने उक्त विरुवाहरुलाई हानी–नेक्सानी नपुग्ने गरी योजना तयार पारेको छ ।
महानगरपालिकाका नगरप्रहरी प्रमुख राजन पौडेलका अनुसार अघिल्लो वर्ष झै यसपटक पनि विरुवाको संरक्षण गरिने छ । नगरप्रहरी हाम्रो साथी कार्यक्रम मार्फत ३ सय स्वयमसेवक भर्ना गराउने तयारी गरिएको पौडेलले जानकारी दिएका छन् । नगर प्रहरी प्रमुख पौडेलका अनुसार ३ सय स्वयमसेवक विषेश गरी मुख्य सडकखण्डका डिभाईडरमा रोपिएका विरुवा संरक्षकका लागि खटाईने छ । साथै रथयपात्राको एक दिन पहिले र रथयात्राकै दिन भने विरुवा जोगाईदिन भन्दै माईकिङ समेत गरिने जानकारी दिइएको हो ।
पौडेलले नगरपालिकाले डिभाइडरमा रोपेर हुर्किएका मात्रै नभई विभिन्न समुह तथा स्थानीयले रोपेर हुर्काएका विरुवाको समेत संरक्षण गर्न सरोकारवालासँग छलफल गरेर एकिकृत योजना बनाउनु बताए ।
महानगरका स्थानीयले अहिले सडक छेउमा विरुवाहरु रोपेर हरियाली बनाएका छन् । स्थानीयले विराटनगरलाई हरियाली नगरी बनाउने उद्देश्यले हरियाली अभियान चलाएका छन् । यता मुख्य सडकखण्डको विचमा भएको मेयिडयन महानगरपालिकाले विभिन्न बौँकको सहयोगमा विरुवा रोपेको हो । अहिले उक्त डिभाईडरका विचमा रोपिएका विरुवामा हुर्किएका छन् ।