विराटनगर । नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजबंशीकी ममतामयी आमाको असामयिक निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)ले दुःख व्यक्त गरेको छ ।
संघले एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

नेपाली क्रिकेटर राजबंशीकी आमा शुभो राजबंशीको आइतबार बिहान विराटनगर–१४ स्थित निवासमा निधन भएको थियो ।