विराटनगर । कोशी प्रदेश सरकारले कृष्ण जन्माष्टमीको भोलिपल्ट, आगामी भदौ १ गते प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारले दिएको जानकारीअनुसार झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लामा उक्त दिन रथयात्राको अवसरमा विदा रहनेछ।
रथयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण पर्व भएकाले स्थानीयवासीको सहभागिता सुनिश्चित गर्न सार्वजनिक बिदा घोषणा गरिएको प्रदेश सरकारको भनाइ छ।