बालसुधार गृह विराटनगरको प्रशासन कक्ष तोडफोड, हुल बाँधेर प्रहरीमाथि आक्रमण एकजना घाईते

<span class='c1'>बालसुधार गृह विराटनगरको प्रशासन कक्ष तोडफोड,</span> <span class='c2'>हुल बाँधेर प्रहरीमाथि आक्रमण एकजना घाईते</span>

विराटनगर । बाल सुधार गृह विराटनगरमा भएको दोहोरो झडपले त्यहाँको प्रशासन समेत बाहिर निस्कनुपर्ने स्थिति सिर्जना भएको छ । सुरक्षका लागि खटिएका प्रहरीले सुधारगृहमा राखिएका किशोरहरुलाई सम्झाउँदा सुरु भएको झडपसँगै प्रशासन कक्षसहित तोडफोड भएको छ ।

बालसुधार गृहका वार्डेन गायत्रीप्रसाद ढकालका अनुसार सामान्य विषयमा सम्झाउन खोज्दा हुल कसेर आक्रमणमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको थियो । त्यसपछि प्रशासनमा समेत तोडफोड गरेर ढुंगामुढा गरिएको थियो ।

हुल कसेर आएर आक्रमण गर्दा प्रहरी वरिष्ठ हवल्दार हिरन कुमार मण्डल घाईते भएका छन् । बालबालिकालाई राख्नुपर्ने भएपनि मोरङको विराटनगरस्थित बाल सुधार गृहमा अधिकांश १८ वर्ष उमेर कटेका किशोरहरु छन् । ५० जना क्षमताको बाल सुधार गृहमा आजका दिनमा २४९ जना रहेका छन् । १८ वर्ष भन्दा कम उमेर राख्नुपर्ने भएपनि कसुर अनुसारको कैद भुक्तान नसकिएर १८ वर्ष कटेका किशोर समेत त्यहाँ राख्नुपर्ने स्थितिले सधैं तनाव सिर्जना गर्दै आएको छ ।

झडपपछि प्रहरीलाई आक्रमण भएको थियो । त्यसपछि अहिले त्यहाँ सशस्त्र र नेपाल प्रहरीको टोलि परिचालन गरेर स्थिति नियन्त्रणमा लिइएको भएपनि शान्त भने भएको छैन । ढकालले भने हामी बाहिरै छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्