भव्य रथयात्रा, सभ्य दर्शन

<span class='c1'>भव्य रथयात्रा,</span> <span class='c2'>सभ्य दर्शन</span>

विराटनगर महानगरपालिकामा वर्षेनी कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा यस पटक भदौ १ गते आइतबार परेको छ । भगवान कृष्णको जन्मोत्सव जन्माष्टमीका दिन विशेष पूजा र आरधनापूर्वक सम्पन्न गरेपछि त्यसको भोलिपल्ट रथारोहण गराएर परिक्रमा परम्परा विराटनगरमा छ । यस पटक साउन ३१ गते कृष्ण जन्माष्टमी छ ।

विराटनगरमा निकालिने रथयात्रा नेपालका प्रमुख धार्मिक महत्वमध्ये एकमा पर्दछ । कोशी प्रदेशका लागि यो साझा मुख्य साँस्कृतिक उत्सवको रुपमा रहेको छ । विराटनगर महानगरपालिका भित्र मात्रै यो अहिले सिमित छैन । यसको धार्मिक, साँस्कृतिक महत्व रहेकै कारण कोशी प्रदेश सरकारले समेत रथयात्राको गरिमा बढाउँदै सार्वजानिक विदा दिदैं आएको छ ।

भारतको बिहार र बंगालबाट समेत भक्तजन विराटनगरको रथयात्रामा आउने गर्दछन् । हिन्दुधर्मालम्बी वा आस्थावान भक्तालु मात्रै नभई फरक धर्म मान्नेहरुको समेत उतिकै उपस्थिति हुने गरेको छ । एकताको प्रतिक देखिने धार्मिक उत्सवलाई विराटनगरमा साझा महत्वको रुपमा स्वीकार गरिदै आएको छ । त्यसैले यो भव्य धार्मिक समारोहका रुपमा स्थापीत रहेको छ ।

यसको जुन भव्यता छ, त्यसभित्र उपस्थिति हुने सबै भक्तजनले आफ्नो सभ्य परिचय दिनुपनि उतिकै जरुरी छ । रथयात्रामा भगवानको दर्शन गर्न आउने भक्तालुले त्यसको महत्वलाई अझै बढाउनुपर्छ । बालबालिका र बृद्धबृद्धाप्रति राख्नुपर्ने सद्भाव, अशक्त र अपाङगताका लागि गर्नुपर्ने सहजीकरण जस्ता मनोभावना दर्शाउनु धर्मानुरागीका असल गुण हुन् ।

राधाकृष्ण रथयात्रा बहुधार्मिक एकता र बहुसाँस्कृतिक मिलन बिन्दुपनि मानिन्छ । जहाँ बहुजाति पहिचान झल्कने झाँकी, बहुधार्मिक एकता दर्शाउने सेवा देख्न पाइन्छ । यो महान् एकता दर्शाउने धार्मिक महत्वको उत्सव जति भव्य हुन्छ, त्यति नै सभ्य हुनु जरुरी छ । रथयात्रामा सहभागी बनेर भगवानप्रतिको आस्था देखााउँदा पाउने धार्मिक पुण्यता भन्दा धेरै हाम्रो ज्ञान, व्यवहार र धारणाबाट हुने सहयोगले प्राप्त गर्नसकिन्छ । त्यसैले साना–साना बालबालिका, ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरुप्रति सद्भाव दर्शाउन नभुलौं, साना रुखका बिरुवाको संरक्षण गरौं, केहि खाएपछि र पानी पीएपछि प्रयोग गरिएका सामाग्री जथाभावी नफालौं । हामीले आफैंले सकारात्मक छाप छोड्ने हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्