पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा, सांसद शर्मा भन्छन “ऐतिहासिक उपलब्धि”

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा,</span> <span class='c2'>सांसद शर्मा भन्छन “ऐतिहासिक उपलब्धि”</span>

विराटनगर साउन ३० ,
लामो प्रतीक्षा र राजनीतिक–प्रशासनिक उतारचढावबीच अन्ततः पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज सञ्चालनमा आएको छ। मोरङ–३ का सांसद तथा नेपाली कांग्रेस नेता डा. सुनीलकुमार शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र क्षेत्रको दीर्घकालीन विकासको ऐतिहासिक उपलब्धि भएको टिप्पणी गरेका छन्।

वि.सं. २०६१/२०६२ तिरै सञ्चालनको तयारी पूरा भए पनि जनआन्दोलनका कारण प्रक्रिया रोकिएको थियो। त्यसपछि, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका क्रममा डा. शर्माको पहलमा कोशी अस्पतालसँग सहकार्य गर्दै मेडिकल कलेज सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्बाट पारित भए पनि कार्यान्वयन हुन सकेन।

पछिल्लो चरणमा मोरङका अर्का सांसद् डा. शेखर कोइराला र डा. शर्माकै अग्रसरतामा सरकारी संयन्त्रमा आवश्यक नीतिगत सुधारका लागि दबाब सिर्जना गर्दै, पूर्वाञ्चल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसँग प्राविधिक तथा कानुनी प्रक्रिया पूरा गर्ने प्रयास गरियो। यही निरन्तर प्रयासका परिणामस्वरूप दुई दशकभन्दा बढी समयको प्रतीक्षा टुंगिएको हो।

डा. शर्माले भने, “यो केवल एउटा शैक्षिक संस्था सुरु हुनु मात्र होइन, कोशी प्रदेशका जनताको स्वास्थ्य सेवा, शिक्षा र रोजगारीको क्षेत्रमा नयाँ युगको सुरुवात हो। लाखौँ नागरिकले अब आफ्नै देशमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्।” उनले यस उपलब्धिमा योगदान दिने सबै पक्षलाई विशेष धन्यवाद दिएका छन्।

पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले सामाजिक सञ्जालमा मेडिकल कलेज सञ्चालनलाई ‘विश्वविद्यालय स्थापनाको तीन दशकपछि प्राप्त ऐतिहासिक उपलब्धि’ भनेर प्रशंसा गरेका छन्।

यससँगै, डा. शर्माको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन पनि स्थापना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्