विराटनगर । विराटनगरमा हुने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा अवाञ्छित गतिविधिमा संलग्न समुह सक्रिय हुने भएकोले श्रद्धालुहरूलाई सचेत रहन आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरियाका अनुसार, रथयात्रामा पुजा वा दर्शन गर्न आएका भक्तजनहरूको भीडलाई लक्षित गरी केही व्यक्तिहरूले मोबाइल, सुन–चाँदीका गरगहना तथा अन्य अमूल्य सामान चोरी गर्ने, कानुन विपरीतका गतिविधि गर्ने घटनाहरू हरेक वर्ष देखिँदै आएका छन्।
यसकारण, श्रद्धालुहरूलाई मोबाइल, सुन–चाँदीका गरगहना जस्ता अमूल्य वस्तु नलगाउन साथै आफूलाई आवश्यक मात्र नगद रकम बोक्न अनुरोध गरिएको छ।
कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि गर्ने व्यक्तिलाई देखेमा तत्काल प्रहरीलाई जानकारी गराई सहयोग गर्न आयोजकहरूले समेत आग्रह गरेका छन्। आयोजका अनुसार भक्तजनहरूको सुरक्षालाई प्राथमिकता दिँदै सबैलाई सजग रहन र रथयात्रालाई भव्य, मर्यादित र सुरक्षित बनाउन हातेमालो गर्न आह्वान गरेको छ।
विभिन्न स्थानमा चोरीमा संलग्नहरुको हुल नै हरेक वर्ष रथयात्राको अवसरमा आउने गरेका छन् । प्रहरीले त्यो समुहका निगरानी गरिरहेको हुन्छ । यद्यपी रथयात्रामा आउने भक्तजनले समेत सचेततापूर्वक सहभागि हुँदा क्षति कम गर्न सकिनेछ ।