राधाकृष्ण रथ : सात हजार केजी, ४४ स्थानमा विश्राम गरेर नौ किलोमिटरमा फन्को

<span class='c1'>राधाकृष्ण रथ : सात हजार केजी, ४४</span> <span class='c2'>स्थानमा विश्राम गरेर नौ किलोमिटरमा फन्को</span>

विराटनगर । एकसय वर्ष नजिक पुगेको विराटनगरको राधाकृष्ण रथयात्राको प्रारम्भ हुने चरणमा रहेको छ । २०२५ सालमा बनेको पुरानो रथ भत्काएर यसवर्ष नयाँ रथ निर्माण गरिएको छ । जुन झण्डै सात हजार केजी वजनको रहेको छ । फलामको डायसमा सखुवा र सिसौको काठबाट मन्दिरको संरचना निर्माण गरिएको छ । जसमा फलाम २ हजार २०० केजी र दुईसय क्यूफिट काठ पाँच हजार केजी अनुमान गरिएको छ ।

सात हजार केजीको रथमा राधाकृष्णलाई विराजमान गराएर महानगरपालिकाको नौ किलोमिटर दुरीमा परिक्रमा गराइने छ । जसलाई नगरको फन्को मार्नेछ । राधाकृष्ण मन्दिर गेट अगाडीबाट प्रारम्भ भएपछि यसले तीनपैनी चौक, धनावत निवास, शंकरपुर जाने मोड, विराटेश्वर महादेव मन्दिर, महानगरपालिका चौक, गोल्छा चौक, पुरानो डिएसपी कार्यालय, सत्यनारायण मन्दिर, सातघुम्ती मोड, जैन भवन, मुक्तिनाथ विकास बैंक, जलजला मोड, काली मन्दिर, बाटा गल्ली चौक, मयुरी छापाखाना, पञ्चमुखी हनुमान मन्दिर, राष्ट्रिय वाणिज्य बैंक, कर कार्यालय, ट्राफिक चौक, संसारी माइस्थान, एक्वापार्क जाने मोड, भूमि प्रशासन चौक, रोडशेष चौक, कलेज मोड, बस पार्क, महेन्द्र चौक, एनआईडिसी भवन, सरोचिया चौक, महाविर रोड, शनिमन्दिर, भाटभटेनी, शिव मन्दिर, सत्यनारायण मा.वि. भृकुटी चौक, बिद्युत प्राधिकरण, विराट नर्सिङ मोड, मुनालपथ, बरगाछी, बासुकीनाथ मन्दिर, शंकरपुर जाने बाटो, दुर्गा चौक, पानी ट्यांकी र राधाकृष्ण मन्दिरमा विश्राम गराइने छ ।

राधाकृष्ण मन्दिरबाट मुख्य बजार क्षेत्र हुँदै ट्राफिक चौक रोडशेष चौकबाट महेन्द्र चौक हुँदै बरगाछीबाट फन्को मारेर मन्दिर परिसरमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्