विराटनगर । विराटनगरका निकालिने राधाकृष्ण रथयात्रा सुरु भएको छ । विराटनगर–१ पानीट्याङकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट अहिले रथ अगाडी बढाइएको छ ।
राधाकृष्णको युगलजोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराउन भक्तजन उत्साहपूर्वक सहभागिता जनाउने गर्दछन् । नेपालमै ठूलो मानिने रथयात्रामा भारतबाट समेत धर्मानुरागीहरुको उपस्थिति हुने गरेको छ ।
यसपछि यो क्रमशः अगाडी बढ्दै बजारतर्फ बढ्ने छ । भगवानको पुजा गर्नका लागि ४४ स्थानमा विश्राम गराइने छ । क्रमशः बजार क्षेत्रबाट अगाडी बढ्दै यो ट्राफिकचौक हुँदै रोडशेषतर्फ बढ्नेछ । रोडशेषबाट घुमेर कोशी राजमार्गबाट बरगाछी पुग्नेछ । त्यसपछि त्यहाँबाट पुनः राधाकृष्ण मन्दिरतर्फ बढ्नेछ ।