विराटनगरका सडकमा एक वर्षमै झण्डै पाँच सय कुकुरको मृत्यु

<span class='c1'>विराटनगरका सडकमा एक वर्षमै झण्डै</span> <span class='c2'>पाँच सय कुकुरको मृत्यु</span>

इन्दु कुमारी साह
विराटनगर । विराटनगरका सडकमा वर्षेनी दुर्घटनामा कति कुकुर ज्यान गुमाउँछन् । तर, यो विषयको तथ्याङ्कमा कसैलाई चासो नलागेको जस्तो लाग्छ । महानगरपालिकाको तथ्याङ्कले आर्थिक वर्ष २०८१÷०८२ मा ४९६ वटा सडक कुकुरको मृत्यु भएको पुष्टि गरेको छ । यो संख्या कुकुरसँगै विराटनगरका नागरिकमा जनावरप्रतिको संवेदनशीलता कति कमजोर छ भन्ने कुराको प्रमाण हो ।

महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख पुनम दाहालका अनुसार सडक, गल्ली र सार्वजानिक स्थलमा दैनिकजसो कुकुरको मृत्यु भइरहेको छ । तीमध्ये अधिकांश सवारीसाधनको ठक्करका कारण हुने गरेको उनले बताएका छन् । मृत कुकुरको व्यवस्थापनको जिम्मा सरसफाइको ठेक्का पाएको निजी कम्पनीलाई दिइएको छ । कम्पनीले खाडल खनेर नुन हाल्दै गाड्ने कार्य गर्ने गरेको छ । यति ठूलो संख्यामा जनावरको मृत्यु हुनु पीडादायी रहेको छ ।

सडकमा दौडने कुकुर सधैं दुर्घटनाको शिकार हुन्छन् । महानगरपालिकाका सडकहरुमा कुकुहरु पनि अत्याधिक मात्रमा रहेका छन् । विहानी पख सडक पैदल यात्रीले सडक आसपासका कुकुरहरुलाई विस्कुट, रोटि लगायतका खानेकुरा समेत खुवाउने गरेको पाईन्छ । तर तिनै कुकुरहरु सडकमा सवारीसधान को आवतजावतको चाप बढ्नसाथ दुर्घटनामा परी मृत्यु भईरहेको छ ।

महानगरपालिकाले सडक कुकुर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि ठोस योजना र दिगो समाधानको नभएको देखिएको छ । पशुजन्य जीवलाई यातना दिन वा मार्ने कार्य कानूनी रूपमा समेत दण्डनीय छ । सडक कुकुरलाई व्यवस्थापन गर्न महानगरले योजना बनाउनुपर्ने अवस्था रहेको छ । सवारीसाधन चालकहरुले समेत सडक कुकुरलाई मध्यनजर गरी। साधन चलाउनु उपयुक्त हुन्छ । स्थानियवासी र महानगरले कुकुर व्यवस्थापनलाई संवेदनशीलतापूर्वक लिनुपर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्