विराटनगर । संवाद फाउन्डेसनको आयोजनामा विराटनगरको बिग होटलमा संवाद उत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संवाद फाउन्डेसनका केन्द्रीय संयोजक कुमार भास्करले गरेका थिए भने प्रमुख अतिथि पूर्व मुख्यमन्त्री माननीय केदार कार्की रहेका थिए। कार्यक्रममा विशेष अतिथिहरूमा विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथु, र संवाद फाउन्डेसन मोरङ संयोजक सुनिल यादव सहभागी थिए।

पहिलो सत्रमा युवा, संस्कृति र समसामयिक विषयमा छलफल गरिएको थियो। यस सत्रमा प्रमुख वक्ता पूर्व मुख्यमन्त्री कार्की रहेका थिए भने सत्रको संयोजन केन्द्रीय संयोजक कुमार भास्करले गरेका थिए। कार्यक्रमकै दौरान विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुद्वारा लिखित ‘अदृश्य पीडाहरू’ नामक पुस्तकको विमोचन गरिएको थियो।

दोस्रो सत्रमा वक्ता पारूल क्षेत्री, कुमार पृथु र अधिवक्ता बिबेक तिमिल्सिनाले वातावरण, स्वास्थ्य र कानुनी विषयमा प्रस्तुत गरेका थिए।उत्सवमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने उत्कृष्ट सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो। सो अवसरमा संवाद फाउन्डेसनले मोरङमा गरेका गतिविधिहरूको समीक्षा समेत गरेको थियो।

करिब ९० जना युवाको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले समाजमा सचेतना, संवाद र सक्रियतामार्फत सकारात्मक योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
