विराटनगर । रौतहट जिल्लाको गौरकाण्डको छानबिन गर्न सर्वोच्च अदालतबाट जारी भएको परमादेशका विरुद्ध जनता समाजवादी पार्टी नेपाल मोरङले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी नेपाल मोरङले बुधबार साँझ विराटनगरमा र्याली निकाल्दै कोणसभा आयोजना गरेको थियो ।

जनप्रदर्शन कार्यक्रममा सहभागी भएका थिए । २०६३ चैत ७ गते मधेस विद्रोहको दौरान रौतहटको गौरमा बेग्लाबेग्लै भेला गरेर कार्यक्रम गरिरहेका तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी नेता कार्यकर्ता बिच झडप भएको थियो । जुन झडपमा परेर नेकपा माओवादीका २७ जना कार्यकर्ताको मृत्यु भएको थियो ।
त्यही गौरकाण्डको छानबिन गर्न सर्वोच्च अदालतमा उजुरी परेको थियो । २०८२ भाद्र २ गते सर्वोच्च अदालतले परमादेश जारी गरेका छन् । जारी परमादेशप्रति ध्यानाकर्षण भएको जनाउँदै जनता साजवादी पार्टी नेपालले देशैभर विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

यता जनता समाजवादी पार्टी नेपाल मोरङले बुधबार विराटनगरको संसारी माइस्थानबाट निकालेको जुलुस नगर क्षेत्रको विभिन्न भागको परिक्रममा गर्दै बुधहाट चौक स्थित हनुमान मन्दिर अगाडि सडकमा विरोध सभा आयोजना गरेका थिए । विरोध कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य सञ्जय सिंह ,जोगिलाल यादव, मोरङ अध्यक्ष राजकुमार यादव, सदिना खातुन लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
