विराटनगरका सडकमा निजी स्कुलका बसमा कालो झण्डा सहित प्रर्दशन (फोटो फिचर)

<span class='c1'>विराटनगरका सडकमा निजी स्कुलका बसमा कालो</span> <span class='c2'>झण्डा सहित प्रर्दशन (फोटो फिचर)</span>

विराटनगर । विराटनगरका सडकमा आज विहान निजी विद्यालयहरुका पहेला बसहरुमा कालो झण्डा राखेर विरोध सहित नगर परिक्रममा गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका थप कार्यक्रम अन्र्तगत विराटनगरमा वृहत कालो झण्डा सहित नगर परिक्रममा गरेको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका थप कार्यक्रम अन्र्तगत नगर प्याब्सनको अगुवाईमा शुक्रबार विराटनगरमा वृहत कालो झण्डा सहित नगर परिक्रममा गरेको हो । नगर प्याब्सन अध्यक्ष अर्जन श्रेष्ठमा अनुसार विराटनगरका निजी शैक्षिक संघ सस्थाहरुका ७० वटा भन्दा बढी बसहरु प्रदर्शनमा रहेका थिए ।


प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसंगै प्याब्सनले थप आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । विधेयकमा केही बुँदा संशोधन माग सहित प्याब्सन देशैभर केहीदिनदेखी आन्दोलनमा छ ।


विधेयकमा निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने विषयमा विवाद छ । सरकारविरुद्ध प्याब्सनको थप आन्दोलनका कार्यक्रम विभिन्न चरणबद्ध आन्दोलन गर्दै आएको छ । ‘शिक्षा विधेयकका चार बुँदा सच्याइयोस’विद्यालय सञ्चालकहरुले कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैर नाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनु पर्ने, पूर्ण छात्रवृत्तिबाट पोसाक, स्टेशनरी, शैक्षिक सामाग्री र खाजा उपलब्ध गराइनु पर्ने, छात्रवृति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनु पर्ने माग राखेका छन् ।


यद्दपि विधेयक भने प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएपछि मुलुकभर प्याब्सनले चरणबद्धका आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्