विराटनगर। नेपाल फुल्कन्ट्याक कराते संघ जिल्ला मोरङको नयाँ कार्यकारिणी समिती गठन भएको छ। संघको जिल्ला शाखाले आयोजना गरेको बैठकबाट ११ सदस्यीय नयाँ समिती चयन गरिएको हो। गठित समितिमा गोपाल लाल सिंह अध्यक्ष पदमा चयन भएका छन्। त्यसैगरी प्रताप अधिकारी उपाध्यक्ष र राजाबाबु मण्डल सचिवमा चयन भएका छन्। कोषाध्यक्षमा गिता कुमारी मगर रहनुभएको छ।

समितिका सदस्यहरूमा रोशन कुमार मण्डल, राजदीप जोशी, उरुषा साह, कुल प्रसाद खतिवडा, मो. सेहेराज कुरेसी चयन भएका छन्। त्यसैगरी सल्लाहकारमा मनोज कुमार खडका र रघुबीर लिम्बू, चयन भएका छन्।
संघको जिल्ला शाखाले आगामी दिनहरूमा विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्ने र जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ। कराते खेलकुदको विकासमार्फत जिल्लाका युवाहरूलाई आत्मरक्षा र अनुशासनको तालिम दिने लक्ष्य राखिएको समितिका सचिव राजाबाबु मण्डल जानकारी दिए।