बढ्दो साईबर अपराध नियन्त्रणका लागि विराटनगरको ग्रिनल्याण्ड कलेजका विद्यार्थीलाई प्रशिक्षण

<span class='c1'>बढ्दो साईबर अपराध नियन्त्रणका लागि</span> <span class='c2'>विराटनगरको ग्रिनल्याण्ड कलेजका विद्यार्थीलाई प्रशिक्षण</span>

विराटनगर । बढ्दो साईबर अपराध नियन्त्रण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजका कक्षा १२ का विद्यार्थीहरुलाई विशेष प्रशिक्षण दिइएको छ ।
विराटनगरको रुविज होटलको सभाहलमा शुक्रबार आयोजित साईबर अपराध नियन्त्रण प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई सामाजिक सञ्जाल, ई–मेल, अनलाइन कारोबार लगायत इन्टरनेट प्रयोगका क्रममा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी दिइएको थियो ।


समुदायमा प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यलय विराटनगरका प्रहरी निरीक्षक अप्रिल चापागाइले विद्यार्थीहरुलाई बढ्दो साईबर अपराध नियन्त्रण र सचेतना अभिवृद्धिबारे प्रशिक्षण दिएका थिए ।
पछिल्ला दिनमा साईबर अपराध तीव्र रुपमा बढ्दै गएको भन्दै विद्यार्थीहरुले सचेत भएर इन्टरनेट प्रयोग नगरेसम्म अपराध रोक्न नसकिने उनले उल्लेख गरे । कार्यक्रममा व्यक्तिगत पासवर्ड सुरक्षा, डिजिटल डाटा संरक्षण, ठगीबाट जोगिने उपाय र अनलाइनमा हुने असुरक्षित गतिविधिबाट बच्ने तरिका बारे व्यावहारिक सिप प्रदान गरिएको थियो ।


विद्यार्थीहरुलाई प्रशिक्षण दिनेक्रममा उनले भने, साईबर अपराध नियन्त्रणका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नभई जनचेतना, शिक्षा र प्रविधि प्रयोगमा सजगता अनिवार्य छ ।
ग्रिनल्याण्ड कलेजका प्रिन्सिपल दिनेश दाहालले विद्यार्थीहरुलाई प्राप्त भएको प्रशिक्षणले भविष्यमा उनीहरुलाई सुरक्षित डिजिटल नागरिक बन्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले भने, विद्यार्थीहरुलाई पढाईका अतिरिक्त जीवन उपयोगी शिक्षा प्रदान गर्नु अहिलेको आश्यक रहेको छ । ‘हामी कलेजमा किताबी ज्ञान मात्रै बाढ्दैनौ यसका अलवा सामाजिक शिक्षालाई पनि विशेष ध्यानमा राखेर विद्यार्थीको उज्ज्वल भविष्य तर्फ केन्द्रित हुदै आएका छौँ।’ कार्यक्रममा कलेजका अध्यक्ष रविन्द्र घिमिरे, संचालक रोशन मेहता, शिव रतन साह लगायत दुई सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्