विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका होटल म्यानेजमेन्टका विद्यार्थीहरुले विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् ।

कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले ‘पुल पार्टी ३ ’ नाम दिएर कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गरेका छन् । ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) आठौंं सेमेष्टरका विद्यार्थी लगायत अन्य विद्यार्थीले पुल पार्टीलाई आकर्षक रुपमा आयोजना गरेका थिए । पाठ्यक्रमको एक महत्त्वपूर्ण अंशको रूपमा रहेको ‘इभेन्ट म्यानेजमेन्ट’ विषय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुले रहेक बर्ष यस्ता कार्यक्रम गर्दै आएका छन् ।
कलेजका सहचालकहरूसहित अतिथिहरूको उपस्थिति रहेको उक्त पार्टीमा उनीहरुले हस्पिटालिटी उद्योगका अनेकौँ क्षेत्रबारे प्रयोगात्मक अभ्यास गरेका थिए ।

विद्यार्थीहरू आफैँले अर्डर म्यानेजमेन्ट, पुल पार्टीको टिकेटिङ, इन्ट्री र बार्बिक्यु लगायत सर्भिसमा विभिन्न क्षेत्रबारे अभ्यास मूलक सिकाइ र मनोरञ्जनात्मक प्रस्तुतिहरू दिएका थिए । दिउँसो ४ बजेदेखि सुरु भएको पुल पार्टी बेलुका ८ बजेसम्म चलेको थियो । विद्यार्थीहरूले स्विमिङ पुलको किनारबाट गीत संगीतयुक्त माहौललाई रमाइलो गरेर अनुभुति गरे । पुल पाटीमा विराटनगरको लोकप्रिय स्थानिय स्मृती व्याण्डले सांगितीक प्रस्तुति प्रदान गरेको थियो ।

स्विमिङ पुलमा भएको सन्ध्याकालिन संगीतले विद्यार्थीहरुले मन खोलेर सामुहिक डान्समा रमाएका थिए । कलेजले पढाईका अलवा अतिरिक्त क्रियाक्लापमा पनि विद्यार्थीहरुलाई सहभागीता जनाउदै आएको क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।
हिमालयन दर्शन कलेज, त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एक प्रतिष्ठित शैक्षिक संस्था हो, जसले स्थापनाकालदेखि नै गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । कलेजले बिएचएम जस्ता व्यावसायिक पाठ्यक्रमहरूमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक अभ्यासलाई विशेष जोड दिने गरेको छ ।