विराटनगरको न्यूरो अस्पताल २५ बर्षमा, २५ वटा स्वास्थ्य जाँचमा २५ प्रतिशत छुट

<span class='c1'>विराटनगरको न्यूरो अस्पताल २५ बर्षमा, २५</span> <span class='c2'>वटा स्वास्थ्य जाँचमा २५ प्रतिशत छुट</span>

प्रेम देवान
विराटनगर । विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले आफ्नो रजत जयन्तीको अवसरमा महिनादिन सम्म विविध सामाजिक उत्तरदायित्व कार्य गर्दै आईतबार सम्पन्न गरेको छ । स्थापनाको २५ औं वर्षमा पुगेको अवसरमा एक महिना अगाडीदेखी विविध सामाजिक कार्य गर्दै आएको थियो ।


यसैविच आईतबार अस्पताल परिसरबाट वृहत ¥याली निकालेर नगर परिक्रमा गरेको छ । नगरपरिक्रममा पछि अस्पतालमा झण्डा झण्डोत्तलन गरिएको छ । २५ बर्ष पुगेको अवसरमा अस्पतालका अध्यक्ष डा. विरेन्द विष्ट सहित अन्य अस्पतालका चिकित्सकले २५ वटा केक काटेर सेलिब्रेशन गरिएको छ ।


कार्यक्रम अन्र्तगत विराटनगरको वीरेन्द्र सभा गृहमा शनिबार आयोजित एक भव्य समारोहका बीच अस्पतालले आफ्नो रजत जयन्ती मनाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अस्पतालका संस्थापक, कर्मचारी, चिकित्सक र शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा कोशी प्रदेशसभाका सभामुख अमरबहादुर बिष्ट, प्रख्यात गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले अस्पताललाई २५ बर्ष पुगेको अवसरमा शुभकामना दिए ।


अस्पतालका अध्यक्ष डा वीरेन्द्रकुमार बिष्टको अध्यक्षतामा सम्पन्न सो रजत महोत्सवमा उत्कृष्ट कार्य गर्ने डाक्टर, नर्स तथा कर्मचारीलाई सम्मान गरिएको थियो । रजत जयन्ती समारोहमा अस्पतालले आफ्नो २५ वर्षे यात्राको स्मारिका विमोचन गरेको थियो । सोही अवसरमा संस्थाको विकासमा महत्वपुर्ण योगदान पु¥याउने २५ जना कर्मचारीलाई सम्मान गरेको छ ।

अस्पतालका ९ जना डाक्टरलाई सम्मान गरेको छ । त्यसैगरी अस्पतालका भारत श्रेष्ठ, पूजा पन्त र सागर धमलालाई विशेष सम्मान गरिएको छ । सम्मानित सबैलाई प्रमुख अतिथि स्वास्थ्यमन्त्री पौडेलले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा.वीरेन्द्रकुमार विष्टले २५ वर्षको यो यात्रा अविस्मरणीय रहेको बताउदैे २५ लाखभन्दा बढी सेवाग्राहीको विश्वास जितेको उनले बताए ।


यसका साथै, हाल १ सय ५० सैयामा सञ्चालित अस्पताललाई निकट भविष्यमै २ सय ५० को सैयामा स्तरोन्नति गरिने योजना रहेको अस्पतालका अप्रेशनल डाईरेक्टर राजेस भट्टराईले जानकारी दिए । अस्पतालले आफ्नो वार्षिकोत्सव केवल समारोहमा सीमित राखेको छैन । सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पु¥याउन भदौ ८ देखि १४ गतेसम्म २५ वटा विभिन्न स्वास्थ्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था समेत भट्टराईले बताए । वि.स २०५७ साल भदौ ८ गते तत्कालीन बेलायती राजदूतद्वारा उद्घाटन भई नेपालकै पहिलो न्यूरोलोजीको ओपिडी तथा आइपिडी सेवा प्रदान गर्ने संस्थाको रूपमा न्यूरोको जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्