विराटनगर, भाद्र ९ , ग्रीनल्याण्ड कलेज विराटनगरका विद्यार्थीहरुको लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
बैंकको आयोजना गरेको तालिममा विद्यार्थीहरुले विभिन्न बैंकिङ सेवा, बचत, लगानी र वित्तीय योजना सम्बन्धी जानकारी प्राप्त गरेका थिए। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरुमा पढाईसँगै वास्तविक जीवनमा उपयोगी वित्तीय ज्ञान प्रदान गर्नु रहेको कलेजका प्रिन्सिपल दिनेश दाहालले बताए।
ग्रीनल्याण्ड कलेजले समय–समयमा विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान र सीप प्रदान गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ र यस कार्यक्रमलाई त्यसैको निरन्तरता स्वरुप आयोजना गरिएको जनाएको छ।