विराटनगर,भाद्र ९, संघीय शिक्षा ऐन अन्तर्गत निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका बिरुद्ध भन्दै आज विराटनगरमा प्रदेशस्तरीय प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरुले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका थिए। कार्यक्रमको क्रममा उल्टो साइकल चलाएर पनि सांकेतिक विरोध प्रदर्शन गरिएको थियो।
प्रदर्शनकर्ताहरुले सरकारले ल्याउन लागेको नीति शिक्षा क्षेत्रका लागि हानिकारक हुने बताएका छन् र निजी विद्यालयको स्वतन्त्रता तथा विद्यार्थीको शिक्षाको अधिकार सुनिश्चित गर्न माग गरेका छन्। कार्यक्रम स्थलमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

