विराटनगर इन्टरनेशनल कलेजले जित्यो आईआईसी इनोभेक्स ३.०

<span class='c1'>विराटनगर इन्टरनेशनल कलेजले जित्यो</span> <span class='c2'>आईआईसी इनोभेक्स ३.०</span>

विराटनगर भाद्र ९ , इटहरी इन्टरनेशनल कलेजमा आयोजना भएको ‘आईआईसी इनोभेक्स ३.०’ सम्पन्न भएको छ ।

देशभरका १६ कलेजका २०० भन्दा बढी विद्यार्थीहरुको सक्रिय सहभागितामा सम्पन्न यो तीन दिने महोत्सवले सिर्जनात्मकता, प्रतिस्पर्धा र पेशागत विकासलाई एउटै मञ्चमा प्रस्तुत गर्दै उल्लेखनीय सफलता हासिल गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा ‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स’ लगायतका प्रतिस्पर्धात्मक इभेन्टहरू समावेश थिए। सहभागी विद्यार्थीहरूले उद्योगसँग सम्बन्धित वास्तविक चुनौतीहरूलाई समाधान गर्ने अवसर पाएका थिए, जसले निर्णायक मण्डल र दर्शकहरूमा गहिरो प्रभाव पारेको थियो।

प्रतिस्पर्धात्मक मूल्याङ्कनपछि विराटनगर इन्टरनेशनल कलेज प्रथम स्थानमा विजेता बनेको छ। त्यसैगरी एसीई इन्स्टिच्युट अफ म्यानेजमेन्ट र हेराल्ड कलेज काठमाडौं क्रमशः प्रथम र द्वितीय रनरअप रहेका छन्। निर्णायकहरूले मौलिक सोच, स्पष्ट रणनीति, समस्या समाधान क्षमता र आत्मविश्वासयुक्त प्रस्तुति प्रस्तुत गर्ने टोलीहरूलाई उच्च मूल्याङ्कन गरेका थिए।

विराटनगर इन्टरनेशनल कलेजबाट मदन नेपाल, राघब अटल, दिया निरौला र राहुल शाह बिजेता टिम रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्