विराटनगरमा महेश्वरी युवा मञ्चको साधारणसभा सम्पन्न भएको छ। विराटनगरस्थित सिटी प्यालेसमा सम्पन्न सभामा नितेश सारडा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन्।साधारणसभामा मञ्चको आगामी कार्ययोजना, सामाजिक क्रियाकलापमा सक्रियता बढाउने रणनीति तथा युवामुखी कार्यक्रमहरूबारे छलफल गरिएको थियो। नयाँ नेतृत्वले मञ्चलाई अझ सशक्त बनाउँदै सामाजिक, शैक्षिक तथा उद्यमशीलता क्षेत्रमा योगदान पुर्याउने संकल्प व्यक्त गरेको छ।
कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले नवनिर्वाचित अध्यक्ष सारडालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।