विराटनगरमा महिला उद्यमी समिट हुने, ३०० भन्दा बढी सहभागी रहने

<span class='c1'>विराटनगरमा महिला उद्यमी समिट हुने,</span> <span class='c2'>३०० भन्दा बढी सहभागी रहने</span>

विराटनगर, भाद्र ११
नेपाल युवा उद्यमी मञ्च विराटनगरको आयोजनामा विराटनगरमा महिला उद्यमी समिट हुने भएको छ। कार्यक्रम यही भाद्र १३ गते विराटनगरस्थित होटल स्वागतममा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

कार्यक्रम संयोजक अंकिता गिरीका अनुसार समिटमा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा देशभरका विभिन्न सामाजिक तथा उद्यमशीलता क्षेत्रका प्रख्यात वक्ताहरू सहभागी हुनेछन्।

३०० भन्दा बढी महिला उद्यमी, युवा विद्यार्थी तथा उद्यमशीलता क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

नेपाल युवा उद्यमी मञ्चले निरन्तर युवाहरूमाझ उद्यमशीलताको संस्कृति विकास गर्न, अवसर सिर्जना गर्न र नेटवर्किङको वातावरण बनाउन विभिन्न कार्यक्रम गर्दै आएको विराटनगर च्यापटरका अधक्ष्य संजिव सिग्देलले बताए।

यस कार्यक्रममा एनसेल बिजनेस, म्याजिक चप्पल, पिएलो ग्रुप, एभरेस्ट बैंक, विराटनगर महानगरपालिका लगायतका संस्थाहरूले सहयोग गरेका छन्। कार्यक्रमको हस्पिटालिटी पार्टनर होटल स्वागतम र मिडिया पार्टनर ओबि मिडिया रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्