वीरगञ्जमा हालसम्म १ सय १४ जनामा हैजाको सङ्क्रमण पुष्टि

<span class='c1'>वीरगञ्जमा हालसम्म १ सय १४</span> <span class='c2'>जनामा हैजाको सङ्क्रमण पुष्टि</span>

काठमाडौं । वीरगञ्जमा हैजाको सङ्क्रमण बढेर १ सय १४ पुगेको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार रातीसम्म १ सय १४ जनामा हैजा संक्रमित पुष्टि भएको हो ।यसैगरी, वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालाका कारण उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या हालसम्म ४२२ पुगेको छ । तीमध्ये २ सय २३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।महानगरपालिकाले हैजा सङ्क्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने अनुमान गर्दै पानीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गराइरहेको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको १० वटा नमुनामध्ये ८ वटामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने बाँकी २ वटाको रिपोर्ट आउन बाँकी छ ।

 

सङ्क्रमण फैलिन थालेपछि वीरगञ्ज महानगरले मातहतका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । महानगरपालिकाले सरसफाइ अभियान र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ । चिकित्सकहरूले सुरक्षित पानी उमालेर मात्र पिउन, खुला शौच नगर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्