मुख्यमन्त्री कार्यालय अगाडी पत्रकारको विरोध

<span class='c1'>मुख्यमन्त्री कार्यालय अगाडी</span> <span class='c2'>पत्रकारको विरोध</span>

विराटनगर । संचार विधेयकमा राखिएका स्वतन्त्र पत्रकार विरुद्धका प्रावधान सच्याउन माग गर्दै कोशी प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ कोशीको अगुवाईमा मुख्मयन्त्री कार्यालय अगाडीबाट प्रदर्शन भएको थियो । त्यसपछि रोडशेष चोकमा पत्रकारहरुले धर्ना दिएका थिए ।

नेपाल पत्रकार महासंघ, कोसी अध्यक्ष भरत खड्काले विधेयक प्रेस स्वतन्त्रताविरुद्ध रहेको बताउँदै यसलाई सच्याएर मात्रै संसदबाट पारित गर्न माग गरेका थिए । उनले यसअघि नै विधेयक संशोधनका लागि सुझाव दिइएको तर सरकारले ती सुझाव उपेक्षा गर्दै विधेयक अगाडि सारेको आरोप लगाएका छन्।

नेपाल पत्रकार महासंघले संचार विधेयकको विरोधमा चरणबद्ध आन्दोलन अघि बढाइरहेको छ। बुधबार प्रदेशसभा सदस्यहरूलाई विधेयक संशोधनको मागसहित एसएमएस पठाइएको थियो। कोसी प्रदेशको न्याय, प्रशासन तथा विधायन समितिले दफावार छलफलपछि पत्रकारमाथि फौजदारी कारबाही हुने प्रावधानसहितको प्रतिवेदन पारित गरी सभामा पेस गरेपछि पत्रकारहरू आन्दोलित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्