विराटनगर । नेपाल र ईजरायल बीचको द्धिपक्षीय ब्यापार विस्तार, दुवै देशका नीजि क्षेत्रबीच आपसी सहकार्य, प्रविधि हस्तान्तरण लगायत अन्य ब्यवसायिक सम्भावनाका विषयमा नेपालका लागि ईजरायली राजदुत श्मूलिक एरिक वास र उद्योग संगठन मोरङको बीच छलफल भएको छ ।
छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले दुई देश बीचको व्यापार तथा औद्योगिक क्षेत्रहरूमा आपसी सहकार्यको माध्यमबाट नयाँ सम्भावना पहिल्याउनु पर्ने आवश्यकता औल्याए । उनले भने “हामीले एकअर्काका परस्पर पूरक क्षमताहरू पहिचान गरी व्यवसायिक साझेदारीका सम्भावनाहरू खोज्न सकेमा नेपाली र इजरायली उद्यमीहरूबीच लगानी तथा संयुक्त उद्यमको अनुकूल वातावरण तयार गर्न सकिन्छ”।
अध्यक्ष राठीले इजरायलले प्रविधि, नवप्रवर्तन र आधुनिक कृषि अभ्यासका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउँदै नेपाल पनि कृषि प्रधान देश भएकोले हरितगृह प्रविधि, बाली व्यवस्थापन एवं प्रशोधन जस्ता क्षेत्रमा इजरायलबाट लाभ लिन सक्नुपर्ने धारणा राख्दै त्यसका लागि ज्ञान आदानप्रदान, तालिम कार्यक्रमहरू र कृषि उद्योगमा लगानीका माध्यमबाट सहकार्य गर्नुपर्नेमा जोडदिए । उनले दुवै देश बीचका नीजि क्षेत्रको सहकार्यले औद्योगिक विकासको नयाँ द्धारहरु खोली दीर्घकालीन साझेदारीको आधार निर्माण गर्ने भन्दै नीजि क्षेत्र वीचको आपसी सहकार्यलाइ प्रगाढ बनाई आर्थिक एवं औद्योगिक सम्बन्ध सुदृढ पार्ने दिशामा सहयोग गर्न राजदुत समक्ष अनुरोध गरे ।
ईजरायली राजदूत श्मूलिक एरिक वासले व्यापार र व्यवसाय केवल आर्थिक वृद्धिको माध्यम मात्र नभई सामाजिक रुपान्तरणका लागि पनि एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै, नेपाल र इजरायल बीचको दीर्घकालीन सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत पार्ने उद्देश्यले व्यापारिक सम्बन्ध विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको आर्थिक तथा उत्पादन क्षमताबारे इजरायल थप जान्न इच्छुक रहेको उल्लेख गर्दै, नेपालबाट आयात गर्न सकिने सम्भावित वस्तुहरूका सम्वन्धमा थप अध्ययन गर्न आवश्यक रहेको धारणा राख्दै राजदूत वासले दुवै देशका सम्बन्धित निकायहरूको सहकार्यमा यस विषयलाई अघि बढाउन सकिने र यसले नेपालका उद्योग व्यवसाय क्ष्ँेत्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुच पु¥याउने अवसर प्रदान गर्ने बताए ।
त्यस्तै, उनले इजरायलको प्राविधिक विशेषज्ञता र अनुभवलाई नेपालको उत्पादनशीलता वृद्धि, कृषि आधुनिकीकरण र उद्यमशीलता विकासमा योगदान पु¥याउन सकिने उल्लेख गर्दै, प्रविधि हस्तान्तरणका सम्भावित क्षेत्रहरूमा सहयोग गर्न इजरायली पक्ष सकारात्मक रहेको स्पष्ट गरे । उनले दुवै देशका निजी क्षेत्रहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आफूले आवश्यक सहजीकरण गर्ने बताए । यस्ता साझेदारिहरूले दीर्घकालीन लगानी, सीप आदानप्रदान, रोजगारी सिर्जना र दुवै देशको पारस्परिक हितमा टेवा पु¥याउने विश्वास राजदूत वासले व्यक्त गरे ।
कार्यक्रममा संगठनका कोषाध्यक्ष र अन्र्तराष्ट्रिय ब्यापार प्रवद्र्धन समितिका संयोजक पारस लुनियाले इजरायल र नेपालबीच धेरै दशकदेखि सौहार्दपूर्ण र बलियो कूटनीतिक सम्बन्ध रहेको वताउदै दुवै देश वीचको व्यापारीक सम्वन्धलाई थप विस्तार गर्नुपर्ने विचार व्यक्त गरे । उनले नेपाल र ईजराईल बीच कुल दुईपक्षीय व्यापार वार्षिक ९ मिलियन अमेरिकी डलरभन्दा बढीको हुदै आएतापनि व्यापार सन्तुलन अत्यधिक रूपमा इजरायलको पक्षमा रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालबाट इजरायलतर्फ गलैंचा, हस्तकलाका सामग्रीहरू, छालाजन्य वस्तुहरू निर्यात हुने गरेको र इजरायलबाट प्याक गरिएको औषधिहरू, प्रसारण उपकरणहरू, दूरसञ्चार उपकरणहरू र कृषि उपकरणहरू नेपालले आयात गर्दै आएको वताए ।
उनले कृषि तथा कृषि प्रविधि, ड्रिप सिचाइ प्रणाली, कृषि क्षेत्रमा विशेषज्ञता र सूचना प्रविधिका साथै कागज, डाइपर, स्यानिटरी प्याड उत्पादन, वुड फार्मिङ जस्ता क्षेत्र सहकार्यका लागि सम्भावनायुक्त क्षेत्र भएको वताउदै कोशी प्रदेशमा इजरायली कृषि प्रविधिलाई स्थानीय कृषि प्रणालीमा प्रयोग गरी संयुक्त पाइलट परियोजनाहरू सञ्चालन गर्न सकिने सम्भावना रहेको वताए ।