सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक महिलाको शव फेला

<span class='c1'>सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक</span> <span class='c2'>महिलाको  शव फेला</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान एक जना महिलाको शव नहरले बगाएर ल्याइरहेको अवस्थामा फेला परेको छ ।
सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा करिब ३० उमेरकी देखिने महिलाको शव बिहान करिब ८ः३० बजे भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

उनका अनुसार शवलाई तत्कालै नहरबाट बाहिर निकालिए पनि मृतकको परिचय हालसम्म खुल्न सकेको छैन । स्थानीयवासीले नहरमा महिला बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्