एभरेष्टका नौ जनाले निकाले आईओईको परीक्षामा छात्रवृत्तिसहित नाम

<span class='c1'>एभरेष्टका नौ जनाले निकाले</span> <span class='c2'>आईओईको परीक्षामा छात्रवृत्तिसहित नाम</span>

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका अधिकांश विद्यार्थीलेइन्जिनियरिङ अध्ययन संस्थान (आईओई)  ले लिएको प्रवेश परीक्षामा छात्रवृत्ति सहित नाम निकाल्न सफल भएका छन् । एभरेष्टमा अध्ययन गरेका १२ जना विद्यार्थीले आईओईको परीक्षामा सहभागिता जनाएका थिए । ति मध्ये ९ जनाले छात्रवृत्तिमा नाम निकाल्न सफल भएको एभरेष्टका भाइस प्रिन्सिपल टी एन भण्डारीले जानकारी दिएका छन् ।

एक जना विद्यार्थीले पूर्ण छात्रवृत्ति र ८ जनाले आंशिक छात्रवृत्तिमा नाम निकालेका हुन् । जुन परिक्षा दिएका ७५ प्रतिशत विद्यार्थीले आईओईको परिक्षा पास गरेर इन्जिनियरिङ अध्ययनको लागि ढोका खोलेका छन् । एभरेष्टका झलकमान तामाङले पूर्ण छात्रवृत्तिमा नाम निकाल्दा आर्जन पोखरेल, रियाना आचार्य, संयोग अधिकारी, श्रयमिका श्रेष्ठ, खिलराज ढकाल, मुरारी खतिवडा, ओम शर्मा र रौनक हकले आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

एभरेष्टका अधिकांश विद्यार्थीले नाम निकाल्नु स्वभाविक रहेको भन्दै प्रिन्सिपल टिकाराम पुरीले शैक्षिक वातावरणको परिणाम रहेको भन्दै खुशी व्यक्त गरेका छन् ।
एभरेष्टले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विभिन्न क्षेत्रको अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भौतिक रुपमा नै तयारी कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्