विराटनगर । फोटो ग्राफर संघ मोरङले विराटनगरमा खुल्ल रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महेन्द्र चोकमा शुक्रबार विहान आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकानरी दिए ।
रक्तदाता सबैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गरे । रक्तदान कार्यक्रममा स्थानिय तथा फोटोग्राफरले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्तीगर्ने उद्देश्यले रक्तदान गरिएको अध्यक्ष राईले जानकारी दिए । रगत नपाएर अकालमा कसैको पनि ज्यान नजाहोस् भनेर ‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम भएको अध्यक्ष राईले बताए ।
