विराटनगरमा गाई बोकेको गाडी पल्टदा नहरको पानीमा डुबेर गाईको मृत्यु

<span class='c1'>विराटनगरमा गाई बोकेको गाडी पल्टदा</span> <span class='c2'>नहरको पानीमा डुबेर गाईको मृत्यु</span>

विराटनगर । विराटनगर महानगरपालिका–६, झरना चोकमा शनिबार गाई बोकेको सवारी साधन पल्टिँदा नहरमा डुबेर एउटा गाईको मृत्यु भएको छ ।
विराटनगर १४ जतुवाबाट गाइ चढाएर इक्राहीतर्फ लैजादै गरेको प्रदेश १–०४–००१ च १२६८ नम्बरको पिकअप गाडी झरना चोक नजिकै नहरमा पल्टिएको थियो ।
गाडीमा क्षमताभन्दा बढी गाई लोड गरिएका कारण गाडी दुर्घटनामा परेको स्थानिय आलोक साहले जानकारी दिए ।

उक्त गाडीमा चालकसहित गाईका साहु फकनलाल पाल र एक बालिका सवार थिए । दुर्घटनामा परेको गाई र गाडीलाई विराटनगर महानगरपालीकाको डोजरले बाहिर निकालेको थियो । इक्राहीका किसान फकनलाल पालले जतुवाबाट दुई गाइ र दुई बाचाबाछीसहित गाईबस्तुहरू एक लाख दुई हजार रुपैयाँमा खरिद गरी घरतर्फ लैजाँदै गर्दा नहरमा गाडी झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्