झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचित

<span class='c1'>झी पुचः विराटनगरको अध्यक्षमा</span> <span class='c2'>शरद श्रेष्ठ निर्विरोध निर्वाचित</span>

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचन भएका छन् ।  शनिबार विराटनगरमा सम्पन्न ३१ औं साधारणसभाबाट दुईवर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा सुरेशलाल श्रेष्ठ, उपाध्यक्षमा सुवासकुमार अमात्य, महासचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ, सहकोषाध्यक्षमा हरिमोहन श्रेष्ठ, सचिवमा सञ्जु शाक्य निर्वाचित भए । त्यस्तै उदय डंगोल, संजित श्रेष्ठ, जिना श्रेष्ठ, सुनिता बज्राचार्य, निश्चल श्रेष्ठ, आशिष श्रेष्ठ, मनोज श्रेष्ठ, राजकुमार श्रेष्ठ, कविता श्रेष्ठ, संयम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् ।

पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठ, भविसकुमार श्रेष्ठ, बुद्धरत्न श्रेष्ठ, सल्लाहकार लुना श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । झी पुचःले नेवारी भाषा, कला, संस्कृति र साहित्यको संरक्षण र सम्वद्र्धनमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्