जितिया पर्वको विराटनगरमा रौनक

<span class='c1'>जितिया पर्वको</span> <span class='c2'>विराटनगरमा रौनक</span>

विराटनगर । जितिया पर्व अगुवा महिला समुहद्धारा विराटनगरमा शनिबार भव्य रुपमा जितिया पर्व मनाएका छन् । विराटनगर महानगरपालीका र बुढीगंगा गाउपालीकाका राजवंशी महिलाहरुले शनिबार विराटनगरमा भेला भई जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा विभिन्न सास्कृतिक कार्यक्र
म गरि मनाएका हुन् ।


साथै कार्यक्रममा राष्ट्रिय नेपाली क्रिकेट टिमका खेलाडी ललित राजवंशी र उनका बुबालाई स्वागत तथा सम्मान पनि गरिएको थियो । जितिया पर्वमा आफ्ना सन्तानको दीर्घायु र परिवारको सुख–समृद्धिको कामना गर्दै महिलाहरु दिनभर उपवास बसेर रातभरि जाग्राम बस्ने परम्पराअनुसार पर्व मनाईने गरिन्छ । विशेषगरी जितमहानको पूजा गरी आफ्ना सन्तानलाई संकट टाढा राख्ने विश्वास रहेको यो पर्वमा महिलाले बटुक, दियो, फूल र विभिन्न अन्नजातीको प्रयोग गरी पूजा अर्चना गर्ने चलन छ ।


पर्वका अवसरमा समुदायभित्र भेटघाट, कथा वाचन र नृत्य–संगीत तथा विभिन्न रमाईला खेलहरु समेत आयोजना गरिएको थियो । सहभागी महिलाले जितिया पर्वले सांस्कृतिक पहिचान मात्र नभई पारिवारिक एकता र धार्मिक आस्थालाई मजबुत बनाउने कार्यक्रम संयोजक नुतन मण्डल राजवंशीले बताईन् । यो पर्व विशेषगरी कोशी प्रदेशका राजवंशी, थारु लगायतका समुदायमा भव्यताका साथ मनाउने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्