शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै विराटनगरमा शिक्षक महासंघको धर्ना

<span class='c1'>शिक्षा विधेयकप्रति असन्तुष्टी जनाउदै</span> <span class='c2'>विराटनगरमा शिक्षक महासंघको धर्ना</span>

विराटनगर । शिक्षा विधेयकलाई प्रतिनिधीसभा र राष्ट्रसभाबाट संशोधन पर्ने माग राख्दै नेपाल शिक्षक महासंघ मोरङले धर्ना दिएका छन् । उनीहरुले आईतबार शिक्षा विकास तथा समन्वय इकाइ मोरङ विराटनगरमा दुई घण्टा धर्ना दिएर ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपाल शिक्षक महासंघ जिल्ला समिति मोरङले प्रतिनिधिसभामा दर्ता भएको शिक्षा सेवा आयोगसम्बन्धी विधेयकले शिक्षकको हकहितमा आघात पुर्‍याउने प्रावधान राखेको भन्दै आपक्ति जनाएउदै आएको छ ।


महासंघले आइतबार विज्ञप्ति जारी गर्दै विगत २०७५, २०७८ र २०८० सालमा भएको आन्दोलनपछि सरकारले गरेका सहमतिहरू कार्यान्वयन नगरेको भन्दै असन्तोष व्यक्त गरेको छ । शिक्षक आन्दोलनका क्रममा भएका सहमति र सम्झौता सरकारले अझै कार्यान्वयन नगर्दा शिक्षक, विद्यार्थी र सम्पूर्ण शिक्षाकर्मी निराश भएको महासंघले जनाएको छ ।

महासंघले शिक्षा सेवा आयोगसम्बन्धी विधेयकमा अस्थायी शिक्षकलाई स्थायीकरणमा १०० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट अवसर दिनुपर्ने, गोल्डेन ह्यान्डसेकको व्यवस्था खारेज गर्नुपर्ने, स्थायी शिक्षकको आर्थिक बढुवाको अधिकार कायम राख्नुपर्ने लगायतका माग राखेको छ । यस्तै शिक्षक कर्मचारीको पेशागत सुरक्षालाई सुनिश्चित गर्ने गरी विधेयक सच्याउनुपर्ने लगायत अन्य विविध मागहरु रहेको छ । महासंघले माग पूरा नभए पुनः आन्दोलनमा जान बाध्य हुने सरकारलाई चेतावनीसमेत दिएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्