विराटनगर १२ अभिवादन टोलका स्थानियवासीको दैनिकी पिडा (फोटो फिचरमा )

<span class='c1'>विराटनगर १२ अभिवादन टोलका स्थानियवासीको</span> <span class='c2'>दैनिकी पिडा (फोटो फिचरमा )</span>

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ स्थित अभिवादन टोल ‘क’ छिर्ने सडकमा जमेको पानीका कारण यतिबेला स्थानियवासीहरु हैरानी खेप्न वाध्य भएका छन् । जोगवनी रानी विराटनगर सडक खण्डको आरामिल पस्चिम छिर्नेबाटोको विच सडकमा पानी जमेका कारण स्थानियवासी लगायत सवारीसाधान चालकहरुलाई आउजाउ गर्न निकै समस्या हुन थालेको छ ।


सडकको दुवै साईडमा नाला नभएका कारण विच सडकमा नै पानी जम्ने गरेको छ । सबैभन्दा बढी समस्या स्कुल जाने साना बालबालिकाहरुलाई परेको छ । विद्यार्थीहरुलाई स्कुल पुर्याउन बोकेर लानुपर्ने अभिभावकहरुको वाध्ययत छ । केहीदिन अगाडी परेको पानी अहिले सडकमा जमेको अवस्था छ ।

पानी बग्ने निकासा नहुँदा अहिले सडकमा पानी जमेको छ । स्थानियवासी महेन्द्र बानियाले वडा अध्यक्ष हिरालाल कामतलाई पटक पटक भन्दा पनि खासै सुनवाई नगरेको बताए । उनले भने, हामी केही वडाका स्थानिय भेलाभएर वडा कार्यालयमा नै भन्न गयौ, अध्यक्षले हुन्छ हुन्छ मात्रै भन्छन,् तर अहिले सम्म केही गरेको छैन ।’

यता काखमा नानि च्यापेर स्कुल जादै गरेकी संन्जु रोनियार पनि हरेक दिन दुख भोग्दै आएकी छिन् । नानिहरुलाई एक्लै स्कुल पठाउन सकिने अवस्था नै छैन उनले भनिन्, ‘पानीमा लड्ने डरले म आफै लैजाने गरेको छु ।’ पानी पर्न साथ त्यहाँ जलमग्न हुने गरेको छ । सडकको दुवै साईडमा नाला निर्माण नगरेका कारण अहिले सो ठाँउमा स्थानियवासीले दुख खेप्दै आएका छन् । यता विराटनगर महानगरपालीका वडा नम्बर १२ का वडा अध्यक्ष हिरालाल कामतले भने ठाँउमा नाला बनाउनको लागि १० बजेट छुटाएको बताए । तर स्थानियवासीको जग्गाको मुद्धामामलीका कारण बजेट फ्रिज भएको सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्