विराटनगर । श्री गणपती महोत्सव समिति विराटनगर–९ द्धारा आयोजना गरिएको गणपती महोत्सव सम्पन्न भएको छ । भदौ ११ गते बाट सुरु भएको श्री गणपती महोत्सव आईतबार सम्पन्न भएको हो । भक्तजनहरुले विधिवत पूजाआजा गरी ५ दिन सम्म धुमधामका मनाएका थिए । पुजा सकिएसँगै गणपतीको प्रतिमा विसर्जन गरेका छन् ।

सांस्कृतिक झाँकी, बाजागाजा, नाचगानसहितको उत्साहपूर्ण वातावरणमा भक्तजनहरुले विराटनगरको नगर परिक्रमा गर्दै विसर्जन गरे । विसर्जन यात्रामा सहभागी भक्तजनहरुले “गणपति बप्पा मोरया” नारासहित श्रद्धा, आस्था र उत्साह प्रकट गरेका थिए ।

भक्तजनहरुले प्रतिमालाई विराटनगर १ स्थित सिघिया खोलामा लागेर विसर्जन गरे। समितिका अध्यक्ष राजिव साहका अनुसार धार्मिक, सांस्कृतिक एकता प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष झैँ यस वर्ष पनि गणपती महोत्सव भव्य रूपमा आयोजना गरिएको हो । विसर्जन कार्यक्रममा स्थानीय सुरक्षाकर्मी, स्वयंसेवक र समितिका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

