प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाई सभापतिमा अधिकारी

<span class='c1'>प्राध्यापक संघ महेन्द्र मोरङ</span> <span class='c2'>क्याम्पस इकाई सभापतिमा अधिकारी</span>

विराटनगर । त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् ।

सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव छन् । नयाँ नेतृत्वका लागि आवश्यक ११ सदस्यहरूका लागि शुक्रबार निर्वाचन भएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अधिकारी, मेहता, ई। यादव, चौधरी, साहू र चम्लागाईं छ सदस्यहरु विजयी भएका र बहुमत सदस्यहरुको आधारमा पदाधिकारी चयन भएका हुन् ।

अन्य सदस्यहरु नेकपा एमाले निकट प्रगतिशील प्राध्यापक संगठनबाट बुढाथोकी, निरौला र रेग्मी एवम् माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट तामाङ र यादव विजयी भएका थिए ।
पदविभाजन पछि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक प्राडा देवेन्द्र अधिकारीले एक समारोहका बीच सोमबार प्रमाणपत्र वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्