विराटनगरमा सहयोगापेक्षी नागरिकको उद्धारमा नगर प्रहरी सक्रिय

<span class='c1'>विराटनगरमा सहयोगापेक्षी नागरिकको उद्धारमा</span> <span class='c2'>नगर प्रहरी सक्रिय</span>

इन्दु कुमारी साह
विराटनगर । विराटनगर महानगरपालिकाले सडकमा बिचल्ली अवस्थामा रहेका एक वृद्धको उद्दार गरेको छ । नगरप्रहरीकका अनुसार बृद्ध व्यक्ति विगत केही दिनदेखि तिनपैनी चौकको सडकपेटिमा बोरा ओछ्याएर रात बिताइरहेका थिए । ती वृद्धलाई आईतबार बिहान महानगरपालिकाको नगर प्रहरी टोलीले मानव सेवा आश्रममा पुर्‍याएको हो ।

नगर प्रहरी शम्भु घिमिरेको नेतृत्वमा पुगेको टोलीले वृद्धलाई उद्दार गर्दा उनी कालो प्लास्टिकले ढाकेर सुतेको अवस्थामा फेला परेका थिए । स्थानीयवासीले चिसो र वर्षाबाट जोगाउनका लागि उनीमाथि प्लास्टिक ओढाइदिएको देखिएको थियो । अस्वच्छ वातावरण र असुरक्षित अवस्थामा उनी सुतिरहेको सूचना पाएपछि महानगरपालिकाले तत्कालै उद्धारको पहल गरेको हो । उद्दारपछि वृद्धलाई सफा कपडा लगाइदिइएको घिमिरेले बताए ।

उनीलाई मानव सेवा आश्रममा राखिएको महानगरपालिकाले जनाएको छ । आश्रममा आवश्यक खानपान र स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । महानगरले अन्य समय पनि यसरी सडक व्यक्तिको उद्दार गर्दै आएको छ । तथापी सडकमै रात बिताएर बस्नेहरु भेटिरहन्छन् । विराटनगरमा २०७६ भाद्र १३ गते मानव सेवा आश्रमको स्थापना गरीएको हो । महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार मानव सेवा आश्रमको स्थापना भए देखि २०८२ असोज सम्ममा २ सय ९४ जनाको उद्दार गरी आश्रममा व्यवस्थापन गरीएको बताए । नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार विराटनगरका विभिन्न वडाहरुबाट उद्दार भएकाहरुको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरुको संरक्षण मानव सेवा आश्रमबाट गर्ने गरिएको हो ।

मन्दिर आसपास,बरगाछि चौक, महेन्द्र चौक, दुर्गा चौक, तिनपैनि चौक लगायतका विभिन्न स्थलमा रातको समयमा सडक व्यक्तिहरु सुति रहेको अवस्थामा भेटिने गरेका छन् । नगर प्रहरी प्रमुख पौडेलका अनुसार सडकमा वेवारिस अवस्थामा रहेका नागरिकलाई देख्ने जोकोहीले महानगरलाई जानकारी दिएमा उनीहरुको उद्दार गरीने जनाएका छन् । उनका अनुसार महानगरले तत्काल उद्धार टोली पठाउने र पीडितलाई मानव सेवा आश्रम वा सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्