प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधि विराटनगरको एभरेष्ट स्कुललाई

<span class='c1'>प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको</span> <span class='c2'>उपाधि विराटनगरको एभरेष्ट स्कुललाई</span>

विराटनगर । प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरमा रहेको एभरेष्ट स्कुलले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा मंगलबार सम्पन्न प्रतियोगितामा ११ वटा विद्यालयलाई पछि पार्दै एभरेष्टले उक्त उपाधि जितेको हो ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

प्रतियोगिताको द्धितीय सुन्दरहरैचा नगरपालिकामा रहेको ज्ञानज्योती स्कुल र तृतीय विराटनगरमा रहेको मदरल्याण्ड स्कुल भएको छ । प्रतियोगिताको सान्तवना विराटनगरमा रहेको बुढानिलकण्ड स्कुल घोषित भयो ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुने विद्यालयहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयाँको साथै ट्रफि हात पारेको छ ।
प्रतियोगितामा जिल्लाभरीका १६२ विद्यालयको सहभागिता रहेको थियो । १६२ छनौट भएर सेमिफाइलनमा ५४ विद्यालय पुगेको थियो । सेमिबाट फाइनलमा १२ विद्यालय छनौट भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष टिकाराम पुरीले गरेका थिए ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

उद्घाटनका कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्न प्याब्सनले गर्दै आएका यस्ता कार्यक्रमहरूको महत्त्वलाई औंल्याए । विद्यार्थीहरूको लुकेको प्रतिभालाई बाहिर निकालेर उनीहरूलाई प्रोत्साहन दिनुका साथै अंग्रेजी भाषाप्रतिको रुचि बढाउनका लागि यस्तो जिल्ला स्तरीय हिज्जे प्रतियोगिता महत्त्वपूर्ण हुने बताए ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

उनले अंग्रेजी भाषाको शुद्ध उच्चारण र हिज्जे लेखाइमा दक्षता हासिल गर्न यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूलाई उत्प्रेरणा दिने बताए । उनले विद्यार्थीहरूलाई भाषा सिकाइमा निरन्तरता अपनाएर आत्मविश्वास बढाउन सुझाव दिए ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालले भने, ‘यस्ता शैक्षिक प्रतियोगिताहरूले विद्यार्थीहरूको क्षमता विकासमा योगदान पुर्‍याउँछ। हामी सबैले मिलेर शिक्षाको गुणस्तर बृद्धि गर्न काम गर्नुपर्छ।’ उनले प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीहरूलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनको कामना गरे।
त्यसैगरी, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले भने, ‘शिक्षाक्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र र अभिभावकहरूको साझेदारी आवश्यक छ। यस्ता कार्यक्रमहरूले त्यसैको उदाहरण प्रस्तुत गर्छ।’ उनले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिए।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेतले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा अगाडि बढाउन प्याब्सनले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको बताए । विजेता विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि ,अतिथि तथा प्याब्सन मोरङका पदाधिकारीहरुले वितरण गरेका थिए ।

तस्वीर : प्रेम देवान /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्