एनपीएलको ट्रफी टुर विराटनगरबाट सुरु हुने, शनिबार विराटनगरमा कार्यक्रम

<span class='c1'>एनपीएलको ट्रफी टुर विराटनगरबाट सुरु</span> <span class='c2'>हुने, शनिबार विराटनगरमा कार्यक्रम</span>

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर कोशी प्रदेशबाट सुरु हुने भएको छ।क्यान र विराटनगर किंग्सको आयोजनामा कोशी प्रदेशमा आगामी भदौ २१ देखि २३ गतेसम्म ट्रफी टुर कार्यक्रम हुने भएको हो।

कार्यक्रमअन्तर्गत कोशी प्रदेशका विभिन्न शहरमा एनपीएलको ट्रफी प्रदर्शन गरिनेछ। यसै क्रममा भदौ २१ गते विराटनगरमा ट्रफी टुरपछि विशेष सांगीतिक कन्सर्टसमेत आयोजना हुने जनाइएको छ। कन्सर्टमा युवामाझ लोकप्रिय गायक नितेश जंग कुवर प्रस्तुत हुनेछन्। साथै अन्य स्थानीय कलाकारको समेत उपस्तिथी रहनेछ ।

विराटनगर किंग्सका अनुसार उक्त कार्यक्रममा सम्पूर्ण समर्थकको सहभागिता रहनेछ। “कोशीको शान, हाम्रो पहिचान” भन्ने नारासहित विराटनगर किंग्सले यस संस्करणमा कोशी प्रदेशको प्रतिनिधित्व गरिरहेको छ।

क्यानले यसअघि घोषणा गरेअनुसार, एनपीएलमा आठ टिम सहभागी हुने छन् भने प्रतियोगिता मङ्सिरमा सुरु हुने तय भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन् ।प्रतियोगिता मंसिर १ देखि २७ गतेसम्म हुन लागेको हो।

पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।
फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै उपाधि उचालेकाे थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्