कोशी राजमार्ग अन्तर्गत विराटनगर सडक खण्डमा सवारी गुडाउन मुस्किल

<span class='c1'>कोशी राजमार्ग अन्तर्गत विराटनगर सडक</span> <span class='c2'>खण्डमा सवारी गुडाउन मुस्किल</span>

विराटनगर । कोशी राजमार्ग रानी–धरान छ लेन आयोजना अन्तर्गत ३२ किलोमिमटर सडक निर्माण सम्पन्न भएर ठेकेदारबाट हस्तान्तरण भएको छ । ८ अर्ब ८४ करोड खर्च गरेर बनेको सडकको विराटनगर खण्ड भने ठेकेदारबाट आयोजनालाई आयोजनामार्फत सडक डिभिजनलाई हस्तान्तरण भएसँगै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । विराटनगरको रानी–सुनसरी धरानसम्मको ४२ किलोमिटरमध्ये ३२ दशमलव ८ किलोमिटर सडक हस्तान्तरण भएको छ । सडक डिभिजन कार्यालय विराटनगर मातहत आएसँगै अब यसको मर्मत गर्नुपर्ने योजना निर्माण गर्न थालिएको हो ।

उत्तर–दक्षिण कोशी सडक योजना अन्तर्गत रानी–धरान खण्ड छ लेन राजमार्ग विस्तार आयोजना कार्यालय इटहरीबाट यसको निर्माण सञ्चालन भएको हो । ठेकेदारले आयोजनालाई बुझाएपछि त्यसको हस्तान्तरण सडक डिभिजनमा भएको छ । छ लेन सडक आयोजना इटहरीका इन्जिनियर तथा सुचना अधिकारी दुर्गा मण्डलका अनुसार ९५ प्रतिशत भौतिक प्रगती र ९४ प्रतिशत प्रगती भइसकेको छ । अब सुनसरीको दुहबीमा एक हजार ८०० मिटर, तरहराको जंगल खण्डमा ५ किलोमिटर अझै काम चालु छ । ठेक्का रकम ८ अर्ब ८४ करोडमध्ये अब ४० करोड भुक्तानी दिन बाँकी रहेको छ । सबै सडक हस्तान्तरण भइसकेको छैन । तर, हस्तान्तरण भएको सडक भत्केर विराटनगरमा हिड्न नसक्ने स्थिति छ ।

हालसम्म नेपाल–भारत सीमा क्षेत्र रानी–विराटनगर ६.४६, विराटनगर–कन्चनबारी १.५६, कन्चनबारी–दुहबी ६.६७, दुहबी–इटहरी (दुई खण्ड) ९.५३, इटहरी–तरहरा ४.१७ र तरहरा–तीनकुने ४.१७ किलोमिटर सम्पन्न भएको हो । ठेक्का व्यवस्थापन अनुसार एकवर्षको त्रुटी सच्याउने ठेकेदारको जिम्मेवारी सकिएपछि ठेकेदारमार्फत आयोजनालाई र आयोजनामार्फत सडक डिभिजन मातहत आएको हो ।

आयोजनाबाट सडक डिभिजन कार्यालय विराटनगरको स्वामित्वमा आएपछि कोशी राजमार्गको रानी–विराटनगरको ढाट खण्ड भने मर्मत गरिहाल्नुपर्ने चिन्ता थपिएको छ । रानीदेखि विराटनगरको ढाटसम्मको सडक खण्ड जताततै भत्किएर अहिले सवारी हिडाउन नसक्ने स्थितिमा पुगेको हो । सडक डिभिजन कार्यालयका इन्जिनियर एवं सुचना अधिकारी प्रभात किरण राईले अब मर्मतका लागि प्रक्रिया थाल्ने तयारीमा रहेको बताए । विस्तार भएको सडक नयाँ बनेको हो । यतिका खर्च गरेर बनेको सडक दशवर्षसम्म पनि आनन्दले टिक्न सक्दैन । सडक भत्कनुको प्रमुख कारण भार क्षमता भन्दा धेरै भार बोकेका सवारी गुड्नु हो । यसको नियमन गर्ने निकायले कानुनको परिचालना गर्न नसक्दा बारम्बार यो समस्या नागरिकले भोग्नुपर्ने बाध्यता सिर्जना भएको छ । सडकको भार वहन क्षमता भन्दा बढी भार बोकेका सवारी गुड्ने क्षेत्रमा समस्या देखिएको नियमन निकायका अधिकारीहरुको दावी छ ।

विराटनगर भन्सार कार्यालय हुँदै दैनिक ३५० मालवहाक सवारी औद्योगिक तथा व्यापारिक वस्तु लिएर नेपाल प्रवेश गर्ने गरेका छन् । भन्सार जाँचपासपछि मालवहाक सवारी, सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रको कच्चा तथा व्यापारिक प्रयोजनका वस्तु गन्तव्यसम्म छोडेर फर्कन्छन् । यी सवारी गुड्ने भन्सारदेखि औद्योगिक क्षेत्रसम्मको १८ किलोमिटर सडक जताततै चिरा पर्ने, लच्किने र भासिने समस्या देखिएको हो ।

विराटनगर–१८ स्थित एकिकृत जाँच चौकी (आईसिपी) मा रहेको भन्सार कार्यालयको गेटदेखि लिंक रोड ४ किलोमिटर समेत दबिएको छ । त्यसपछि कोशी राजमार्ग खण्ड समेत दबिएको छ । इन्जिनियर राईले कोशी राजमार्गको छ लेनमध्ये केन्द्रभागबाट पश्चिम खण्डमा देखिएको समस्या मर्मतबाट समाधान खोजिने बताए । आईसीपीको व्यवस्थापन हेर्दै आएको ट्रान्स नेपालका निर्देशक लक्ष्मी सुब्बाका अनुसार न्यूनतम दश टनदेखि ९० टनसम्म भार बोकेका सवारी नेपाल भित्रने गरेका छन् । जबकी सडकको भार वहन क्षमता सवारीको एक्सलदेखि एक्सलसम्म दश टन मात्रै छ ।
कोशी राजमार्ग हुँदै सुनसरी–मोरङ औद्योगिक करिडोरको दुहबीसम्म पुग्ने मालवहाक सवारी गुड्ने सडक भत्किएपछि त्यसको दिर्घकालिन समाधान खोज्ने विषय सडक डिभिजनका लागि चिन्ताको विषय समेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्